विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले अमेरिकी सहयोग नियोग मिलेनियम च्याजेन्ज कर्पोरेशन (एमसिसी) मार्फत नेपाललाई प्रदान गर्ने सम्झौता भएको अनुदान सहयोग नरोकिने भएको जनाएको छ । एमसिए नेपालले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत ‘एमसिसी नेपाल कम्प्याक्ट’को कार्यान्वयनलाई निरन्तरता दिन अनुमति दिने विषयमा अमेरिकी सरकारबाट भएको निर्णयको स्वागत गरेको बुधबार जनाएको हो ।

एमसिए–नेपालले २९७ किमि विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न मिलेनियम च्यालेञ्च कर्पोरेशन (एमसिसी) सँग निकटतापूर्वक काम गरिरहेको समेत उल्लेख गरेको छ ।

एमसिए–नेपालले अमेरिकाले वैदेशिक सहयोगका विषयमा ३ महिने समीक्षाको थालनी गर्नुअघि नै अगाडि बढिसकेको ३ वटा सबस्टेशन तथा १८ किलोमिटर लामो सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको पनि जनाएको छ ।

एमसिए–नेपालले भनेको छ, ‘एमसिए–नेपाल नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध छ र यस कम्प्याक्ट कार्यान्वयनका लागि एमसीसीको निरन्तर साझेदारीका लागि हार्दिक आभार प्रकट गर्दछ ।’

अमेरिकी सरकारले वैदेशिक सहयोग सम्बन्धी एमसिसीसहितका निकायबाट प्रदान गरिएको सहयोगलाई ३ महिनाका लागि निलम्बन गरेर समीक्षा थालेपछि त्यसको निरन्तरताका विषयमा अन्योल उत्पन्न भएको थियो ।

एमसिसी अनुदान रोकिँदा एमसिए नेपालले अमेरिकी अनुदानको भरमा अघि बढाएका उच्च भोल्टेजका प्रसारण लाइन आयोजनामा लगानीको अन्य स्रोत खोज्नुपर्ने अवस्था बन्न सक्थ्यो । अमेरिकाले एमसिसी अनुदान अन्तर्गत ५५ करोड अमेरिकी डलरको अनुदान सहयोग प्रदान गर्ने गरी कम्प्याक्ट सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३