विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सभापोखरी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ५ मेगावाटको लङ्खुवा खोला साना जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । संखुवासभाको सभापोखरी गाउँपालिका–३ मा निर्माण गरिएको आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइन हुँदै तुम्लिङटार सबसस्टेनमार्फत केन्द्रीय प्रणालीमा प्रवाह भएको छ ।

निर्माण पूरा भएपछि नेपाल विद्युत प्राधिकरणको रोहरवरमा परीक्षणको कामसमेत सम्पन्न भएको कम्पनीका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले बताए । प्राधिकरणका इन्जिनियरहरू निपेश रेग्मी, दुर्गाप्रसाद ओली, आशुहाङ राई, डेगराज पौडेल र शत्रुधन यादवको टोलीले आयोजनाको परीक्षण गरेको पनि जनाइएको छ । प्राधिकरणलाई १५ दिन निशुल्क विद्युत उपलब्ध गराई अर्को महिनादेखि आयोजनाबाट व्यावसायिक उत्पादन शुरू गर्ने तालिका रहेको छ । आयोजनाका अनुसार ३ हजार १ सय मिटर लामो हेडरेस पाइप तथा ६ सय मिटरको पेनस्टक पाइप जडान गरेर लङ्खुवा खोलाको पानीलाई स्थानीय बाह्रबीसे बजार नजिकैको विद्युत्‌गृहमा खसालिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेको सो आयोजना करिब १ अर्ब १० करोड रुपियाँको लागतमा निर्माण पूरा भएको कम्पनीले जानकारी दिएको छ । कोरोना महामारीका कारण निर्माण अवधि लम्बिँदा लागत केही बढ्न गए पनि आयोजना निर्माण सम्पन्न गर्न व्यवस्थापकीय समूह अहोरात्र खटिएर पूरा गरिएको देवकोटाले बताए । आयोजनाको व्यापारिक उत्पादन शुरू भएपछि कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३