विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालको केही जिल्लामा सिँचाइ सुविधा पुर्याउने उदेश्यले निर्माण भएको बबई सिँचाइ आयोजनाको ५६.३८ प्रतिशत काम सम्पन्न भएको छ । पूर्वी र पश्चिम क्षेत्रको ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन सुरु गरिएको आयोजनाको आधा भन्दा बढी काम सकिएको हो ।

बबई नदीको पूवी क्षेत्रमा २१ हजार हेक्टर र पश्चिम क्षेत्रमा १५ हजार हेक्टर गरी जम्मा ३६ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्याउन लागि यो आयोजना निर्माण भइरहेको छ । यो आयोजनाको तटबन्ध तथा बाँध निर्माण र मुख्य नहर, शाखा नहरलगायतका संरचना निर्माणको लागि १८ अर्ब ९६ करोड ३० लाख लागत अनुमान गरिएको छ ।

आयोजनाको काम २०८० भित्र सम्पन्न गर्ने लक्ष्य थियो । उक्त अवधिमा निर्माण सम्पन्न गर्न नसकिने हुँदा २०८३ भित्र सम्पन्न गर्न नयाँ गुरुयोजना स्वीकृत भएको छ । आयोजनाको निर्माणमा अनुमानित लागतको ५२.३२ प्रतिशत खर्च भइसकेको महालेखा परिक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यो वर्ष १ अर्ब ४३ करोड २२ लाख समेत २०७८ असार मसान्तसम्म ९ अर्ब ६२ करोड २७ लाख खर्च भएको छ ।

आयोजनाको मूल नहर निर्माण तथा लाइनिङ कार्य १२ किलोमिटर, शाखा, उपशाखा नहर १०४ किलोमिटर सिँचित क्षेत्र विस्तार १२ हजार ४०० हेक्टर र जग्गा अधिग्रहण गर्न १५४ हेक्टर बाँकी रहेको छ । गुरुयोजनाले लक्षित गरेको समयमा आयोजना सम्पन्न गर्न कठिन हुने रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, कञ्चनपुर र कैलाली जिल्लामा सिँचाइ सुविधा पुर्याउन महाकाली सिँचाइ आयोजना निर्माण भइरहेको छ । आयोजनाको यो वर्ष १४१ व्यक्तिलाई २५ करोड ४ लाख ३७ हजार मुआब्जा वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहको सिफारिसमा र २० वर्ष भन्दा बढी उपयोग गरेको जग्गाधनी प्रमाणपुर्जा नभएको ऐलानी जग्गामा बसोवास गरेको ८९ घरधुरीलाई ७ करोड ७ लाख ७३ हजार रुपैयाँ मुल्याङकन गरिएको थियो । मुल्याङकन अनुसार क्षतिपुर्ति रकम ६ करोड ३३ लाख २४ हजार रुपैयाँ मात्र भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाको काम सम्पन्न गर्न ३५ अर्ब रुपैयाँ लागत अनुमान गरेको छ । आयोजनाको कार्य गुरुयोजनाअनुसार समयमा सम्पन्न नहुँदा अनुमानित लागत २१३.३९ प्रतिशतले वृद्धि भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यो वर्ष महाकाली सिँचाई आयोजनाको प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर्दा ९७ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ । यस्तै,  निर्माण कार्यमा २ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ र परामर्श सेवामा ९ करोड ५ लाख रुपैयाँ र अन्य तर्फ ५९ करोड ४१ लाख रुपैयाँ समेत गरी जम्मा ४ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ । यस आयोजनाको प्रगति स्थिति भने निकै कम भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, सिक्टा सिँचाइ आयोजनाको काम सम्पन्न हुने अवधि १ वर्ष बाँकी रहँदा ७०.९ प्रतिशत मात्र काम भएको महालेखाले जनाएको छ । आयोजनाको मूल बाँधको संरचना, गेट निर्माण तथा जडान कार्य र पश्चिमतर्फको नहर निर्माण कार्य सम्पन्न भएको छ । पूर्वतर्फको ५३.५ किलोमिटर नहरको निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भएको छ ।

यो आयोजना पूरा भएपछि २४ हजार ७ सय ६६ हेक्टर कृषि योग्य भूमिमा सिँचाइ सुविधा पुग्नेछ । यो आयोजना सम्पन्न गर्न २५ अर्ब २ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनाको निर्माण कार्य २०७८/७९ भित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि आयोजनाको पूर्व प्रस्तावित लागतमा र समयमा सम्पन्न गर्न नसकिने हुँदा पूनः संरचना थप गरी लागत ३९ अर्ब ९८ करोड पुर्याएको महालेखाले जनाएको छ ।

सुनसरी–मोरङ सिँचाइ आयोजना पनि निर्माणाधीन छ । यो आयोजनाबाट ५७ हजार ८ सय ३३ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit