विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । २०७९ को  असार र साउनमा प्राधिकरणका ४४ कर्मचारीले अनिवार्य अवकास पाउने भएका छन् । एक निर्देशकसहित प्राधिकरणका कर्मचारीले सेवाबाट अनिवार्य अवकास पाउन लागेका हुन् । 

उमेर, हद, सेवा अवधि पुगेका र शैक्षिक प्रमाणपत्रका आधारमा १ देखि ११ तहसम्मका कर्मचारीले  अवकास पाउन लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार असारमा २७ र साउनमा १७ कर्मचारीले सेवाबाट अवकास पाउँदै छन् ।

असारमा अवकास पाउनेमा ११ तहका आयोजना विकास विभागमा कार्यरत अजय सिंह महरा रहेका छन् । यस्तै, ६ तहका ३ जना, ५ तहका ७, ४ तहका ७, ३ तहका ४ र २ तहका ५ कर्मचारीले अनिवार्य अवकास पाउने भएका छन् । 

यस्तै, साउनमा ९ तहका एक, ७ तहका ३, ६ तहका २, ५ तहका ४, ४ तहका एक, ३ तहका २ र २ तहका ३ र एक तहका १ कर्मचारीले अवकास पाउने भएका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३