विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार ५, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

र्तमान सरकारले राजस्व जोरजाम गर्न बिजुलीको भाउ बढाउनुभन्दा विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर  (भ्याट) लगाउन खोजिएको जस्तो देखिन्छ । यद्यपि, ५० युनिटमाथिको खपतमा भ्याट लगाउँदा निम्न–मध्यम वर्गका आम उपभोक्ताले राहत पाउनुको साटाे आहत हुने अवस्था सिर्जना हुने देखिन्छ ।

सरकारले यदि विद्युत् खपत बढाउन चाहेको हो भने र निम्न, तथा निम्न–मध्यम वर्गको आर्थिक अवस्था उकास्ने हो भने कम्तीमा यो सीमालाई १५० युनिटसम्म पुर्‍याउनु आवश्यक छ । त्यसो हुनसके मात्र सरकारको नीति बल्ल मध्यमय वर्गप्रति लक्षित हुन सक्छ ।

विगतमा विद्युत् प्राधिकरणले समयसापेक्ष बिजुलीको भाउ  बढाउन खोज्दा राजनीतिक दलहरूले यसलाई ‘राजनीतिक लोकप्रियता’को विषय बनाए । किनकि, जलस्रोत र बिजुलीलाई दलहरूले ‘भोट’को राजनीतिक विषय बनाइसकेका थिए ।

हुन त प्रधानमन्त्रीले ट्रान्सफर्मर सहितका वितरण पूर्वाधारको सुधारका लागि ५० युनिटमाथिको खपतमा भ्याट लगाउन लागिएको संसदमै उपस्थिति भएर स्पष्ट पारिसक्नुभएको छ । यो साँचो हो कि अहिले देशको विद्युत् प्रसारण पूर्वाधारको क्षमता सीमित छ । कतिपय ठाउँमा पोल, कन्डक्टर, ट्रान्सफर्मरसहितका पूर्वाधारको स्तरोन्नति, सुदृढीकरण तथा क्षमता अभिवृद्धि गर्नुपर्ने अवस्था छ ।

गत संसदीय निर्वाचनताका मैले नै प्रतिस्पर्धा गरेको सप्तरी–२ मा मात्र ३ दर्जनभन्दा बढी ट्रान्सफरमरको अभाव थियो, जसका कारण अहिलेको चर्को गर्मीमा विद्युत् आपूर्ति भरपर्दो हुन सकिरहेको छैन । कृषियोग्य जमिनमा सिँचाइका लागि थुप्रै ट्रान्सफर्मर, पोल र कन्डक्टरको अभाव छ ।

अहिले स्थानीय निकायसँग सडक बत्तीको अर्बौँ रुपैयाँ महसुल बक्यौता रहेको छ, बक्यौता उठाउन कुनै पहल भएको छैन । जबकि, प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरण जस्ता आयोजना तथा पूर्वाधार विकासमा खर्बौँ रुपैयाँ लगानी गर्नुपर्ने अवस्था छ । बक्यौता महसुल उठाउन सकिए पनि वितरण पूर्वाधारको विकासका लागि लगानी जुटाउन आम उपभोक्तामाथि थोपर्न खोजिएको भारसमेत कम गर्न सकिने थियो । 

पूरै देशको कुरा गर्ने हो भने यस्ता पूर्वाधार विकास र विस्तारमा ठूलो बजेटको आवश्यकता छ । त्यस्ता पूर्वाधार विकासमा अन्य स्रोतबाट लगानी व्यवस्थापन गर्न सरकारको खासै ध्यान गएको देखिँदैन । 

यी सबै सन्दर्भमा कमसेकम करिब ८ हजार मेगावाट उत्पादन नहुन्जेल न्यूनतम बिजुलीबाहेकका सेवा प्रवाहका लागि उपभोक्तालाई सहरी, ग्रामीण र औद्योगिक वर्गमा विभाजन गरी त्यसै आधारमा बिजुलीको दरमा पुनर्मूल्याङ्न गर्नु आवश्यक छ । 

अत्यधिक बिजुली उत्पादन हुन थालेपछि बिजुलीको महसुल दर घटाउन सकिन्छ । यसबारे गहन अध्ययन गरी तथ्य पहिल्याउनु अहिलेको अपरिहार्य आवश्यकता हो । यसबारे सरकारको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक छ । 

नेपाल विद्युत् प्राधिकरणका पूर्व–प्रबन्धक ऊर्जाविज्ञ चौधरीले सुशासनमा विद्यावारिधि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३