विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज २, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाली सेना र विभिन्न आयोजनाका प्रतिनिधिहरू सम्मिलित संयुक्त उद्धार टोलीले माथिल्लो त्रिशूली-१ को अडिट-३ सुरूङबाट थप ७ वटा शव बाहिर निकालेको छ । योसहित शुक्रबार फेला पारेर निकालिएको शवकाे सङ्‌ख्या १३ पुगेको छ ।

सुरुङभित्र छडको जालीमा अल्झिएको अवस्थामा शुक्रबार दिउँसाे १२:०५ बजेको ६ वटा शव फेला पारेर निकालिएको थियो । सो क्षेत्रमा हाल पनि खोजी कार्य निरन्तर भइरहेको नेपाली सेनाले जानकारी दिएको छ ।

यसैगरी, माथिल्लो त्रिशूली–३ 'ए' को सुरुङ तथा विद्युत्‌गृह क्षेत्रमा आयोजनाका प्रतिनिधिहरूको संयुक्त टोलीले खोजी कार्यलाई अगाडि बढाइरहेको छ । उता, माथिल्लो त्रिशूली–३ 'बी' मा नेपाली सेनासहितको टोलीले तीन वटा एक्सकाभेटर र लोडरको प्रयोग गरी विद्युत्‌गृह रहेको स्थानमा उत्खनन गरे पनि हालसम्म कुनै वस्तु वा व्यक्ति फेला पर्न नसकेको जनाएको छ ।

भदौ १० गतेको विनाशकारी भोटेकोसी बाढीपछि जलविद्युत् केन्द्र तथा आयोजनाहरूबाट हराइरहेका कर्मचारी तथा कामदारकाे खाेजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३