विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको भदौ १४ गते बसेको १९१औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३ प्रतिशतले हुन आउने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने निर्णय गरेको हो । 

उक्त लाभांश वितरणको निर्णयलाई प्रस्तावका रूपमा लगेर पारित गर्न बैंकले आगामी २०८१ साल असोज २३ गते शुक्रबार काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकका अनुसार साधारण सभा प्रयोजनका लागि असोज १४ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) रहनेछ । यसअनुसार असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

साधारण सभाले प्रस्तावित नगद लाभांशलाई अन्तिम स्वीकृति प्रदान गरेपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३