काठमाडौं । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले बैशाख ३१ गते (शनिवार) सम्म दैनिक ४ घन्टा विद्युत कटौती गर्ने भएको छ । केन्द्रले धनगढीकाे सहितगेटदेखि कैलालीको बहुमुखी क्याम्पस गेटसम्मको क्षेत्रमा सडक विस्तार गरी पोल तथा तार स्थान्तरण गर्न सेवा बन्द गरेकाे हाे ।
केन्द्रले सूचना जारी गरी गत बैशाख १२ गतेदेखि उल्लेखित तालिका अनुसार आपूर्ति बन्द गरि सडक विस्तार तथा पोल र तार स्थान्तरणकाे काम गरीरहेकाे छ । केन्द्रका अनुसार हरेक दिन बिहान ६ः३० बजेदेखि १०ः३० बजे सम्म विद्युत आपूर्ति बन्द हुनेछ ।
हाल उक्त क्षेत्रमा सेवा बन्द गरी निरन्तर रुपमा काम भइरहेकाे छ । तोकिएको समयमा अवागै काम सम्पन्न भए निर्धारित तालिका अगावै सेवा सुरू गर्ने केन्द्रले जनाएको छ ।