विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले २ जिल्लामा अध्ययन सम्पन्न भएका नौगाड र सुर्नया गाड जलविद्युत आयोजनाको निर्माण कार्य अगाडी बढाउने भएको छ । आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन ।

दार्चुला जिल्लामा अध्ययन सम्पन्न भएको ६.९७ मेगावाटकाे नौगाड जलविद्युत आयोजना र बैतडी जिल्लामा अध्ययन सम्पन्न भएको ७.६५ मेगावाटकाे सुर्नया गाड जलविद्युत आयोजनाको काम अघि बढाउन लागिएकाे छ । ‘प्रदेशको पानीः जनताकै नागरिकको लगानी’ अन्र्तगत नेपाल सरकारबाट कूल लागतको कम्तिमा २५ प्रतिशत ऋण सहयोग उपलब्ध हुने नीतिको उपयोग गरी स्थानीय तह, निजी क्षेत्र र प्रदेशकै नागरिकको लागत साझेदारीमा सम्भाव्यता अध्ययन कार्य सम्पन्न भएको आयोजना अघि बढाउन लागिएको हो ।

यस्तै, बाजुराको हिमाली गाउँपालिका, बझाङ्गको सैपाल गाउँपालिका र दार्चुलाको व्यास गाउँपालिकमा भित्रका राष्ट्रिय लाइनमा आवद्ध हुन नसेकेको स्थानमा साैर्य ग्रिड आयोजना सञ्चालन गरिनेछ । उक्त आयोजनाको कार्यान्वयनबाट २ सय २५ किलोवाट विद्युत उत्पादन भई कार्बन उत्सर्जन घट्ने र स्वच्छ ऊर्जामा पहुँचको वृद्धि हुनेछ । सरकाले यस आयोजनाका लागि ७ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

विद्युतीय सवारी साधन बढाउन नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा पेट्रोल पम्प रहेको स्थानमा चार्जिङ्ग स्टेशनहरु स्थपाना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ । विद्युतीय चुल्हो, उपकरण तथा यातायातको साधन प्रयोग गरी थप विद्युत खपत गर्न प्रेरित गरिनेछ । ऊर्जा सिंचाइ र नदी नियन्त्रणतर्फ ४ अर्ब ४२ करोड बजेट छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit