विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनकहरूको संस्था, नेपाल (इपान) ले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । इपानले निजी ऊर्जा उत्पादकरूबाट सहयोग रकम संकलन गरी अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । 

कोरोना महामारीमा मानव जीवनको रक्षा गर्नु नै पहिलो धर्म भएको भन्दै उपत्यकाका सरकारी तथा सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट राख्ने निर्णय भएको इपानले जनाएको छ । इपानका अनुसार प्लान्टबाट उत्पादन हुने अक्सिजन कोरोना संक्रिमितको उपचार हुने अस्पतालमा दिइनेछ ।

इपानले अक्सिजन प्लान्ट स्थापनाका लागि न्युनतम १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउन सदस्य जलविद्युत कम्पनी, गैर सदस्य जलविद्युत कम्पनी, कर्पोरेट सदस्य संस्था, जलविद्युतका लागि आवश्यक उपकरण तथा औजार आपूर्ति गर्ने स्वदेशी विदेशी कम्पनी समक्ष अनुरोध गरेको छ । 

प्राप्त सहयोगबाट अक्सिजन प्लान्ट स्थापना गरी सरकारमार्फत अस्पतालहरूमा हस्तान्तरण गरिने इपानले जनाएको छ । साथै, धेरै जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदार पनि संक्रमित हुने दर बढिरहेकाले उनीहरूको सहज उपचारका लागि साना ठूला अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर, अक्सोमिटर, पिपिई किट, मास्क तथा औषधी खरिद गरी धेरै जलविद्युत आयोजना भएका प्रदेश जिल्ला तथा अस्पतालहरूसम्म पठाउने निर्णय पनि इपानले गरेको छ ।

कोरोना कालको विषम परिस्थितीमा संक्रिमितको सेवा गरी ज्यान गुमाएका स्वास्थ्यकर्मी  (नर्सिङतर्फ) लाई नगदसहित ‘फ्रन्ट लाइनर हिरोज स्वास्थ्यकर्मी इपान प्रोत्साहन पुरस्कार’ प्रदान गरिने इपानले जनाएको छ । इपानले गत वर्ष पनि कोरोनाको पहिलो लहरमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ संकलन गरी सरकारी राहत कोषमा हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३