विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी क्षेत्रको लगानीमा अघि बढेका ३५ सय मेगावाट बढीका विद्युत आयोजना अहिले निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरी लगानी जुटेका १३८ विद्युत आयोजना विभिन्न जिल्लामा निर्माण भइरहेका हुन् ।

२०७९ साल भित्र निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने गरी ३५ सय ४१ मेगावाटका यी आयोजना निर्माणको विभिन्न चरणमा रहेको विद्युत प्राधिकरणको विद्युत व्यापार विभागले जनाएको छ । विभागका अनुसार निर्माण अन्तिम चरणमा पुगेको विद्युत आयोजनाले उत्पादन सुरु गर्ने तयारी गरिरहेका छन् ।

निर्माण पूरा भई परीक्षणको चरणमा पुगेको ४५६ मेगावाटको माथिल्लो तामाकोसीको पहिलो युनिट अबको ४ दिनभित्रमा प्रसारण प्रणालीमा जोडिँदैछ । बाँकी युनिटको उत्पादन पनि क्रमशः प्रणालीमा जोडिँदै जानेछ ।

२५ मेगावाटको सिंगटी परीक्षण पूरा गरेर विद्युत जोडिने सिंगटी–लामोसाँघु प्रसारण लाइन सञ्चालनको मिति कुरिरहेको छ । प्रसारण लाइनको संरचना निर्माण कार्य पूरा भइसकेकाले सिंगटीको उत्पादन पनि चालू आर्थिक वर्षभित्रै सुरु गर्ने तयारी भइरहेको छ । १९ मेगावाटका माथिल्लाे र उपल्लाे खिम्ति निर्माण अन्तिम चरणमा पुगेका आयोजना हुन् । यी २ आयोजना पनि प्रसारण लाइन सम्पन्न हुने मिति कुरेर बसेका छन् ।

चिलिमे जलविद्युत कम्पनीले सहायक कम्पनीमार्फत अघि बढाएका २ सय ७० मेगावाटका ४ जलविद्युत आयोजना पनि अहिले निर्माणाधीन छन् । चिलिमेले सहायक कम्पनीमार्फत १ सय ११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकासी,४२.५ मेगावाटको सान्जेन, र १४.८ मेगावाट माथिल्लो सान्जेन निर्माण गरिरहेको छ । यी मध्ये रसुवागढी र सान्जेनका २ आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

कोरोना (कोभिड–१९) महामारी र बाढी पहिरोका कारण आयोजनाको निर्माण प्रभावित हुँदा रसुवागढी र सान्जेनका आयोजना सम्पन्न भई विद्युत उत्पादन गर्न अझै १ वर्ष लाग्ने देखिएको छ । पटक–पटक बाढीको चपेटामा पर्दै आएको मध्यभोटेकोसीको आधा निर्माण सकिएको छ ।

८६ मेगावाटको सोलु दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु, ७३ मेगावाटको मध्यतमोर, ५२.४ मेगावाटको लिखु–४, २४.१० मेगावाटको खारेखोला, ४.८ मेगावाटको खोरुङ्गाखोला, ८२ मेगावाटको तल्लो सोलु, ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’, ४० मेगावाटको खानीखोला–१, ११ मेगावाटको खारेखोलालगायत जलविद्युत आयोजना पनि निर्माणाधीन छन् । 

यस्तै, लमजुङको दोर्दी कोरिडोरमा ४ जलविद्युत आयोजना निर्माणाधीन छन् । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी खोला, ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ र १२ मेगावाटको दोर्दी–१ आयोजना निजी लगानीमा निर्माण भइरहेका हुन् ।

यी सबै आयोजनाको निर्माण अन्तिम चरणमा पुगिसकेकोमा गत असार १ गतेको बाढीले क्षति पुर्याउँदा उत्पादन तालिका प्रभावित हुने देखिएको छ । बाढीले सबैभन्दा बढी सुपर दोर्दी ‘ख’ मा १ अर्ब रुपैयाँ बढीको क्षति पुर्याएको छ । अरु आयोजना पनि बाढीबाट प्रभावित भएका छन् ।

यस्तै, २२.१ मेगावाटको बलेफी ‘ए’, ५१ मेगावाटको लिखु–१, ३३.४ मेगावाटको लिखु–२, २४ मेगावाटको लिखु खोला ‘ए’, २८.१ मेगावाटको तल्लो लिखु, ४८.८ मेगावाटको खिम्ति–२, ४४ मेगावाटको सुपर मादी लगायत आयोजना पनि निर्माणाधीन छन् । निर्माणाधीन बाँकी आयोजना केही ५० प्रतिशत माथि काम भएका छन् भने केही भर्खरै निर्माण सुरु भएका छन् ।

यो वर्ष निर्माण अन्तिम चरणमा पुगेका आयोजना सम्पन्न गरी ८ सय २५ मेगावाट विद्युत प्रसारण प्रणालीमा जोड्ने प्रक्षेपण विद्युत प्राधिकरणले गरेको थियो । कोरोना (कोभिड–१९) महामारी र बाढी पहिरोका कारण आयोजनाको निर्माण प्रभावित हुँदा यो वर्ष आउने तय भएका आयोजनाको उत्पादन आगामी आर्थिक वर्षका लागि धकेलिएको छ । 

अहिले निर्माणाधीन अधिकांश आयोजना अबको ३ वर्षभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्नुपर्ने तालिका प्राधिकरणले दिएको छ । अहिले निजी क्षेत्रको लगानीमा निर्माण भएका १ सय ९ आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् ।

यी आयोजनाको जडित क्षमता ८ सय १८ मेगावाट छ । सञ्चालनमा रहेका मध्ये २ आयोजनाले परीक्षण उत्पादन गरिरहेका छन् । १८ सय ५८ मेगावाटका १ सय आयोजना निर्माणमा जाने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit