विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
दुई दिने ऊर्जा सम्मेलन, २०२३ सम्पन्न

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले दुई दिनसम्म आयोजना भएको ऊर्जा सम्मेलनले प्राप्त गरेका उपलब्धिहरूलाई आत्मसात गरेर अगाडि बढ्ने बताएका छन् । बैशाख ५ र ६ गते काठमाडौंमा आयोजना भएको ‘ऊर्जा सम्मेलन, २०२३’ को समापनका क्रममा उनले यस्तो बताएका हुन् ।

सम्मेलनले दिएका सुझाव तथा सल्लाहलाई सरकारले आगमी दिनमा निर्माण गर्ने कानुनमा समावेश गरेर जाने र निजी क्षेत्रलाई सहजीकरण गर्ने मन्त्री बस्नेतले बताए । ‘निजी क्षेत्रलाई उत्पादनमा जस्तै विद्युत व्यापारमा समेत सहजीकरण गर्दै लगिनेछ,’ उनले भने, ‘प्राप्त सबै उपलब्धिलाई संस्थागतरूपमा लिएर सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्छ ।’

समापन कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत व्यापारको ढोका खोलिदिन सरकारसँग आग्रह गरे । उनले अबको आर्थिक क्रान्ति भनेको ऊर्जाबाट हुने पनि बताए ।

यसैक्रममा भारतको प्रतिष्ठित औद्योगिक घराना अर्थात् वेदान्ता लिमिटेड नेपालबाट २ हजार मेगावाटसम्म विद्युत किन्न इच्छा देखाएको छ । मंगलबारदेखि सुरु आएको दुई दिने ऊर्जा सम्मेलनको दोस्रो दिन अर्थात् बुधबारको समापन सत्रमा उसले यस्तो घोषणा गरेको हो ।

वेदान्ताका प्रमुख कार्यकारी अधिकृत विभव अग्रवालले नेपाल पावर एक्सचेन्ज कम्पनी (नेपेक्स) मार्फत उक्त परिमाणमा विद्युत खरिद गर्न चाहेको भन्दै आशयपत्र पेश गरेको जानकारी दिए । यस भारतीय कम्पनीले शून्य कार्बनको नीति अनुसार नेपालबाट दीर्घकालीनरूपमा विद्युत खरिद गर्न चाहेको जनाएको छ । यसको समन्वय ऊर्जा सम्मेलनका संयोजकसमेत रहेका नेपेक्सका प्रमुख कार्यकारी अधिकृत आशिष गर्गले गरेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३