विद्युत अपडेट

  • प्राधिकरण : ७९९८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८८ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०९५६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८५९ मे.वा.
२०८२ साउन २७, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आयोजना गर्दै आएको 'ऊर्जा सम्मेलन' को नवौँ संस्करण आगामी असोज १ र २ गते (१७–१८ सेप्टेम्बर) मा आयोजना गरिने भएको छ । ‘मिसन २८५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ भन्ने नाराका साथ समिट आयोजना गर्न लागिएको इपानले बिहीबार पत्रकार सम्मेलन गरेर जानाकरी दिएको हो ।

सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ ल्याएको र उक्त लक्ष्य पूरा गर्ने दिशामा निजी क्षेत्र क्रियाशील रहेकोले पनि यो वर्षको 'ऊर्जा सम्मेलन'को नारामा नै उक्त लक्ष्यलाई अभियानको रूपमा अघि सारिएको इपान अध्यक्ष गणेश कार्कीले बताए ।

पत्रकार सम्मेलनपछि इपानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कुल उत्पादन क्षमता ३ हजार ६०२ मेगावाट पुग्दा २ हजार ९०० मेगावाट विद्युत् निजी क्षेत्रबाट उत्पादन भइरहेको छ । ऊर्जा उत्पादनमा प्रवेश पाएको २५ वर्षमै निजी क्षेत्रले यति धेरै उत्पादन गर्न सफल भएको हो । हालसम्म निजी क्षेत्रले १३ खर्ब रुपैयाँ बराबरको लगानी गरिसकेको छ भने ५० खर्ब रुपैयाँ लगानीको लागि तम्सिएको छ । निजी क्षेत्रकै अगुवाइमा ४ हजार २०० मेगावाट क्षमताका आयोजना निर्मााणाधीन अवस्थामा रहेको र ४ हजार १०० मेगावाट क्षमताका आयोजनाहरू विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको तथा नेपाल सरकारले आगामी १० वर्षभित्र थप २५ हजार मेगावाट निर्माण गर्ने ऊर्जा विकास मार्गचित्र–२०८१ अघि सारेको परिपेक्ष्यमा आगामी असोजमा ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रमको रूपमा परिचित पावर समिट, २०२५ आयोजना हुँदैछ ।’

इपानको ब्यानरमा हुँदै आएको विशेष कार्यक्रमका रूपमा  सुपरिचित यस 'ऊर्जा सम्मेलन'मा नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलय संरक्षक रहने तथा भारतको विदेश मन्त्रालय देशीय साझेदार (कन्ट्री पार्टनर) को रूपमा रहने तय भएको इपानले जनाएको छ । 

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निकाय र कम्पनीको सहभागिता रहने उक्त सम्मेलनमा नेपालका  प्रधानमन्त्री एवं विभिन्न देशका वशिष्ठ व्यक्तित्वहरू, विज्ञहरू लगायतको सहभागिता रहने छ । 

सम्मेलनमा ३० भन्दा धेरै देशका लगानीकर्ता, कुटनीतिक तथा विकास साझेदार नियोगका अधिकारी, सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्र, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एउटै छानामुनि भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहस गर्ने र यस क्षेत्रमा हासिल भएका सफलता, उपलब्धि र अनुभवहरू आदान–प्रदान गर्ने मुख्य उद्देश्य राखिएको इपानले जनाएको छ । 

नेपाल र दक्षिण एशियाली देशहरूको हरित र स्वच्छ ऊर्जा उपलब्धता, विद्युत् र कार्बन व्यापारसँगै नवीनतम वित्तीय उपकरणको विकास, ऊर्जा सुरक्षाको सुनिश्चितता, अन्तरदेशीय पूर्वाधारहरू निर्माणमार्फत क्षेत्रीय सम्पर्क विस्तार, नेपाल र दक्षिण एशियाली देशहरूको शून्य कार्बन उत्सर्जनको लक्ष्य, दिगो र समावेशी ऊर्जा विकास जस्ता क्षेत्रीय र अर्न्तराष्ट्रिय चासोलाई सम्बोधन गरी नेपाललाई हरित ऊर्जा विकासकर्ता मुलुकको रुपमा चिनाउने मञ्चको रूपमा 'ऊर्जा सम्मेलन' स्थापित हुने अपेक्षा इपानले गरेको जनाएको छ । 

सम्मेलनमा आन्तरिक तथा वाह्य पूर्वाधार निर्माण र खपत वृद्धि, जलवायु परिवर्तनको असर र न्यूनीकरणसँगै प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण जस्ता चुनौतीको सामना गर्न नेपाल र अन्य देशले बनाउनुपर्ने नीति निर्माणसँगै विश्वका विभिन्न देश र विकास साझेदारहरूको अनुभव र अभ्यासबारे समेत छलफल हुनेछ ।

इपानका अनुसार सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न निकायका प्रतिनिधि गरी एक हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३