विद्युत अपडेट

  • प्राधिकरण : ८५०३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४७७४ मे.वा.घन्टा
  • आयात : ६६३७ मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : ५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३६२८ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६२७ मे.वा.
२०८० जेठ १४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर ऊर्जा दक्षता

काठमाडौं । भारत आयल कर्पोरेसन (आइओसी) ले नेपालका लागि नयाँ इन्धनको मूल्यसूची पठाएको छ । गत शनिबार (३ गते) नेपाल आयल निगमलाई आइओसीले पेट्रोलको मूल्य कम र डिजेल तथा हवाई इन्धनको मूल्य बढेको मूल्यसुची पठाएको हो । 

आइओसीले पेट्रोल प्रतिलिटर ४.७९ रुपैयाँ घटाएर पठाएको निगमले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । यस्तै, डिजेलमा प्रतिलिटर २.०२ रुपैयाँ र हवाई इन्धनमा ०.३८ रुपैयाँ बढेर आएको निगमले जनाएको छ ।

यसपछि पनि निगमलाई आगामी १५ दिनमा करिब ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने स्थिति रहेको निगमले जनाएको छ । अहिले पेट्रोल प्रतिलिटर १६० रुपैयाँ, डिजेल र मट्टितेल १४३, हवाई इन्धन १५६ र एलपी ग्याँस प्रतिसिलिण्डर १ हजार ६ सय रुपैयाँ छ । 

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit