काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रूपैयाँले बढेको छ । नेपाल आयल निगमले सोमबारदेखि पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो ।
मूल्यवृद्धिसँगै अब पेट्रोल प्रतिलिटर १ सय ७८ रूपैयाँ, डिजेल र मट्टीतेलको मूल्य समान १ सय ६१ रूपैयाँ पुगेको छ ।
भारतबाट पेट्रोलियमको मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
यस्तो छ नयाँ मूल्य सूची