विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैं । भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि आईओसीले मूल्य बढाएर पठाएको हो ।

बुधबार (माघ १८ गते) पठाएको नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ८.१ रुपैयाँ, डिजेल ७.९८ रुपैयाँ , मट्टितेल ४.६१ रुपैयाँ तथा हवाई इन्धन ७.८० रुपैयाँ बढेर आएको छ । सबैको पेट्रोलियम पदार्थको मूल्य बढ्दा एलपी ग्यासमा भने प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

अहिलेको मूल्यमा निगमलाई ग्याँसमा प्रति सिलिन्डर २८० रुपैयाँ घाटा रहेको छ। निगमलाई एलपीजीमा मात्र १५ दिनको घाटा ५५ करोड रुपैयाँ छ। विगत तीन महिनादेखि नाफामा रहेको निगमलाई अहिलेकै मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा १५ दिनमा ८ करोडभन्दा बढी घाटा लाग्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३