विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह १५०६.०२ मिटरमा आइपुगेको छ । गत बर्खामा पुरै भरिएको जलाशयको पानीको सतह २३.९८ मिटर घटेर यहाँसम्म आइपुगेको हो ।

यो वर्ष सुख्खायाममा विद्युतको माग व्यवस्थापन गर्न केही महिना २४ घन्टा चलाउनु परेकाले जलाशयको धेरै पानी खपत भइसकेको छ । अहिले भने जलाशय चलाउन कम गरिएको नेपाल विद्युत प्राधिकरण उत्पादन निर्देशनालय अन्तर्गतकाे ठूला उत्पादन सञ्चालन तथा संभार विभाग प्रमुख रामकुमार यादवले बताए ।

‘सुख्खा याममा यो वर्ष नदी प्रवाही जलविद्युतगृहको उत्पादन धेरै कम भयो । यस्तो अवस्थामा माग र आपूर्ति व्यवस्थापन गर्न कुलेखानी जलाशयमा निर्भर हुनुपर्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, अहिले आवश्यकताअनुसार थोरै समय जलाशय चलिरहेको छ ।’

यो वर्ष विद्युतको माग धेरै बढेकाले पनि आपूर्ति व्यवस्थापनको भार कुलेखानी जलाशयलाई थपिएको हो । जाडो बढेका बेला यो वर्ष विद्युतको उच्च माग १४ सय ८० मेगावाटसम्म पुगेको थियो । यही समयमा कुलेखानी जलाशय बढी चलेको थियो । नदी प्रवाही जलविद्युतगृहले जडित क्षमताभन्दा कम विद्युत उत्पादन गरेकाले पनि कुलेखानीमा बढी चाप पर्याे ।

उनले अब जलाशयमा उपयोग गर्न मिल्ने ६ मिटर पानीमात्रै बाँकी रहेको बताए । बर्खा सुरु नहुन्जेल जलाशयमा पानी थपिने सम्भावना नरहेकाले कुनै जलविद्युतगृहमा समस्या आउँदा तथा वीरगन्ज क्षेत्रका उद्योगमा साँझको समयमा आउनसक्ने भोल्टेजको समस्या समाधानका लागि मात्रै जलाशय आयोजना चलाउने गरिएको उनले बताए ।

जलाशयको पानी उपयोग गरी ६० मेगावाटको कुलेखानी–१ र ३२ मेगावाटको कुलेखानी–२ र १४ मेगावाटके कुलेखानी तेस्रे गरी ३ जलविद्युत केन्द्रबाट १ सय ६ मेगावाट विद्युत उत्पादन गरिन्छ । देशको विद्युत माग र आपूर्तिको सन्तुलन मिलाउने कुलेखानी एकमात्र जलाशय आयोजना हो ।  जलाशयको क्षमता १५ सय ३० मिटर छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit