विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नुवाकोटको तादी खोलामा ४२ मेगावाट भन्दा बढी क्षमताका ७ जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । निजी क्षेत्रले अनुमतिपत्र लिएर स्वदेशी लगानीमा अघि बढाएका ३ मेगावाटदेखि ११ मेगावाटसम्मका आयोजना निर्माणाधीन, सञ्चालित र निर्माण सुरु गर्ने चरणमा छन् ।

विद्युत विकास विभागका अनुसार दुई आयाेजना (१० मेगावाट) सञ्चालनमा, ४ आयाेजना  निर्माणाधीन (२४.५ मेगावाट) र ८ मेगावाटकाे एक आयाेजनाकाे अध्ययन भइरहेकाे छ ।

खाेलामा अघि बढेका आयाेजनामध्ये सबै भन्दा ठूलाे ११ मेगावाटकाे माथिल्लाे तादी छ । याे आयाेजना सुर्य कुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले निर्माण गरिरेहेकाे छ । कम्पनीले २०७२ असोज २२ गते अनुमतिपत्र लिएर राउतबेसीमा यो आयोजना निर्माण गरिरहेको हो । यो आयोजना निर्माणको अन्तिम चरणमा छ । यस्तै, ५.५ मेगावाटको मध्ये तादी दुप्चेश्वर महादेव हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेकाे छ । कम्पनीले आयोजना निर्माण गर्न २०७७ साउन २७ गते विभागबाट उत्पादन अनुमति पाएको थियो ।

हिरारत्न हाइड्रोपावर कम्पनीले २ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले ५ मेगावाटको तादी खोला र ३ मेगावाटको तादी खोला क्यासकेड जलविद्युत आयोजना निर्माण गरिरहेको हो । तादी खोलाबाट विद्युत उत्पादन भई बाहिर निस्कने पानीको उपयोग हुने गरी तादी खोला क्यासकेड निर्माण  भइरहेको छ । कम्पनीले विभागबाट २०७६ बैशाख ३० गते अनुमतिपत्र लिएको थियो ।

यसैगरी, ८ मेगावाटको तादी घ्याम्फेदी जलविद्युत आयाेजनाकाे भने अध्ययन भइरहेकाे छ । एबीपि इनर्जी लिमिटेडले विभागबाट २०७७ असार ३० गते अध्ययन अनुमति लिई काम अघि बढाएकाे हाे । विभागका अनुसार कम्पनीले आयाेजनाकाे अध्ययनकाे काम २०८० असार २९ गतेभित्र सम्पन्न गर्नुपर्ने छ ।

खाेलामा पहिचान भएका आयाेजनामध्ये दुइ जलविद्युत आयाेजनाले १० मेगावाट विद्युत उत्पादन गरिरहेका छन् । आदीशक्ति पावर डेभलपमेन्ट कम्पनीले ५ मेगावाटको तादी खोला जलविद्युत आयोजना र बुध्दभूमी हाइड्रो पावर कम्पनीले ४.९९ मेगावाटको तल्लो तादी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेका छन् ।

तल्लाे तादीले २०७८ चैत १० र तादी खोलाले २०६९ चैत १५ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit