विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडों । सिंगटी हाइड्रो इनर्जीले सर्वसाधारणका लागि सेयर निष्कासन गरेको छ । कम्पनीले शुक्रबार (आज) बाट दोलखामा निर्माण सम्पन्न २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयरकाे बिक्री खुलाएकाे हाे । 

प्रतिकित्ता सय रुपैयाँ अंकित २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । निष्कासन भएकाे सेयरमध्ये ५८ लाख रुपैयाँ बराबरको ५८ हजार कित्ता अर्थात २ प्रतिशत  सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

१ करोड ४५ लाख रुपैयाँ बराबरको १ लाख ४५ हजार कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा चैत्र १० गतेसम्म र ढिलोमा चैत्र २० गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न मेगा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले यसअघि पनि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी बाडफाँड गरिसकेको छ ।

कम्पनीले लगानी गरेको सिंगटी खोलाको निर्माण सम्पन्न भई परीक्षणसमेत सकिएको छ । १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन पूरा भइनसकेकाले आयोजनाको विद्युत प्रणालीमा जोडिन सकेकाे छैन ।

प्रसारण लाइनकाे काम अन्तिम चरणमा पुगेकाले चालू आर्थिक वर्षभित्र आयाेजनाबाट विद्युत उत्पादन सुरु हुँदैछ । आयाेजना सञ्चालनमा आएपछि विद्युत बिक्रीबाट वार्षिक ७० कराेड रुपैयाँ  आम्दानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit