काठमाडौं । लमजुङमा २५ मेगावाटको माथिल्लो दोर्दी–ए जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको लिवर्टी इनर्जी कम्पनी लिमिटेडकाे ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएकाे छ । कम्पनीको बैशाख २५ गते (सोमबार) भएको ११, १२ र १३औं साधारणसभाले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको छ ।
यसैगरी, सभाले आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गरी सञ्चालकहरूको चयन लगायतका प्रस्तावहरू पारित गरेको छ ।
यो कम्पनीको अहिले २५ मेगावाटको माथिल्लो दोर्दी–ए जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७९ मंसिर १७ गतेबाट व्यापारीक उत्पादन सुरु गरेको हो ।