विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले वैशाखयता ३० प्रसारण लाइन आयोजनालाई निर्माण अनुमति दिएका छन् । विभागले नेपाल विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकले निर्माण गरिरहेको जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न उक्त प्रसारण लाइन आयोजनालाई निर्माण अनुमति दिएको हो । 

निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणमा जाने आयोजनाको विद्युत प्रवाह गर्ने उदेश्यले सरकार तथा निजी क्षेत्रले अध्ययन पूरा गरेकाे आयोजनालाई निर्माण अनुमति दिएको विभागले जनाएको छ । विभागका अनुसार यी अहिले यी आयोजना  निर्माणका प्रक्रियामा छन । 

४०० केभीका ३, १३२ केभीका १४ र ३३ केभीका १३ आयोजनाले अनुमति पाएकाे विभागले जनाएकाे छ । ४०० केभी क्षमताका फुकोट–बेतन, बेतन–दोदोधारा र दोदोधारा–कर्मदेभ प्रसारण लाइन आयोजनाले २०७९ भदौ ३१ गते एकैदिन निर्माण अनुमति पाएको थिए । उक्त ३ प्रसारण लाइन आयोजनाकाे निर्माण अनुमति राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले पाएकाे हो ।

यसैगरी, १३२ केभी क्षमताका नामार्जुन मादी, सान्जेन हाइड्रो इलेक्ट्रीक, सेती नदी, लालबन्दी-सलेमपुर, सुर्खेत-दैलेख, अमरपुर–ढुंगेसाँघु, मध्येमेवा ढुंगेसाँघु लगायत अन्य ८ प्रसारण लाइन आयोजना निर्माण अनुमति पाएको विभागको वेपसाइटमा उल्लेख छ ।

३३ केभी क्षमताका अप्पर मिदिम हाइड्राे, अप्पर पिलुवा खोला–२, अप्पर फावा खोला, रातोढुंगा-अप्पर म्याग्दी १ र घार खोलालगायत अन्य ८ वटा प्रसारण लाइनले निर्माण अनुमति पाएका छन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit