विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उच्च क्षमताका ३५ ग्रीड सबस्टेसन निर्माण गर्ने भएको छ । प्राधिकरणले विद्युत प्रसारणको प्रणाली सुधार तथा गुणस्तरीय सेवा दिने उदेश्यले विभिन्न प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ सबस्टेसन निर्माण गर्न लागेको हो ।

नेपालको विभिन्न ठाउँमा विद्युत प्रणाली सुधार गर्न प्रसारण लाइन निर्देशनालय अन्तर्गत २० सबस्टेसन र आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत१५ गरी ३५ ग्रीड सबस्टेसन निर्माण गर्न लागेको प्राधिकरणको तथ्याङ्कमा छ । प्राधिकरणका अनुसार ४०० केभी क्षमताका १०, २२० केभी क्षमताका ४ र १३२ केभी क्षमताका २१ सबस्टेसन निर्माण अघि बढाउने तयारी भइरहेकाे छ ।

निर्माण गर्न लागेका आयोजनामध्ये ४०० केभी क्षमताका भेरी कोरिडोर अन्तर्गत बफिकोट, न्यू–बुटवल–लामाही–कोहलपुर–न्यू लम्की–न्यूअत्तरिया अन्तर्गत लम्की, न्यू कोहोलपुर र न्यू–अत्तरिया सबस्टेसन निर्माण गर्न लागिएको छ । 

यस्तै, ४०० केभी क्षमताकै लिखु हब, सुनकोसी हब, फिलिम/गुम्दा, कुस्मा, बुर्तिभाङ र बफिकोट सबस्टेसन निर्माण गर्न लागिएको प्राधिकरणको ‘प्रसारण/आयोजना व्यवस्थापन निर्देशनालय’ नामक पुस्तकमा उल्लेख छ ।

२२० केभी क्षमतका लेखनाथ दमौली अन्तर्गत लेखनाथ र दमौली, धाउबडी अन्तर्गत धाउबडी र पाल्पा अन्तर्गत पाल्पा सबस्टेसन निर्माण गर्ने प्राधिकरणले जनाएको छ ।

यस्तै, १३२ केभी क्षमताका अनारमनी, हरनिया, सुखीपुर, बोडेबर्साइन, सुखदेबचौर, बिरौता, पर्साउनी, सेफबगर, राकाढुङ्गा, फापरबारी, घर्तीगाउँ, थपाथली, राज दरबार, महाराजगन्ज, सिरुटार, नेपालगञ्ज, दुम्किबास, मुलपानी, कालिकोट, जुम्ला, काभ्रे र रामेछाप सबस्टेसन निर्माण गर्ने प्राधिकणको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit