विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले दैनिक ५ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरिरहेको छ । यही अंकमा केन्द्रित रहनेहरूलाई अर्को पाटो अर्थात् दैनिक कति परिमाण खेर गइरहेको छ भन्ने जानकारी नहुन सक्छ । प्राधिकरणकै अंकलाई आधार मान्ने हो भने पनि अहिले दैनिक जति बिजुली निर्यात भइरहेको छ त्यति नै खेर गइरहेको अवस्था देखिन्छ ।

हालसम्म केन्द्रीय प्रसारण प्रणालीमा २२०५ मेगावाट जडित क्षमता पुगेको छ, यो दैनिक करिब ५ करोड २९ लाख युनिट हुन आउँछ । प्राधिकरणले राख्ने गरेको १० प्रतिशत स्पिनिङ रिजर्भ (जगेडा), ट्रिपिङ, चुहावट लगायत कटाउँदा दैनिक ४ करोड रुपैयाँ बराबरको बिजुली खेर गएको देखिन्छ ।

प्राधिकरणका अनुसार असार २३ गते (आज बिहीबार) प्रणालीको उच्च माग ४ करोड ३३ लाख युनिट (१९६४ मेगावाट) रहेको छ । यसमध्ये करिब ७५ लाख युनिट बिजुली भारत निर्यात गरिएको छ भने बाँकी देशभित्रै खपत भएको देखिएको छ ।  यद्यपि, प्रणालीको क्षमता अनुसार उत्पादन हुँदा अर्को थप ७० लाख युनिट बिजुली खेर गइरहेको देखिन्छ ।

स्पिनिङ रिजर्भ बाहेक, आन्तरिक खपत, निर्यात, ट्रिपिङ भएको १८ लाख युनिटसमेत जोड्दा कूल दैनिक उपलब्ध बिजुली ४ करोड ५१ लाख युनिट देखिन्छ । कूल प्रणालीमा उपलब्ध बिजुली (५.२९ करोड युनिट) बाट उक्त परिमाण घटाउँदा ७८ लाख युनिट खेर गएको देखिन्छ । उत्पादन हुन नसकेको, विद्युत्गृह मर्मतका लागि बन्द गरेको, बाँध फ्लसिङ गर्नुपरेको जस्ता कारणलाई १० प्रतिशत राख्दा पनि खूद ७० लाख युनिट प्रणालीमै नआएको देखिन्छ । यसलाई खेर गएको परिमाण भन्न मिल्छ ।

उक्त ७० लाख युनिट बिजुली आजकै औसत मूल्य (प्रतियुनिट ६.०६ रुपैयाँ) मा भारत बेच्न पाएको भए ४ करोड २४ लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्थ्यो । भारत नबेचेर नेपालभित्रै खपत भएको भए प्राधिकरणको बिक्रीदर प्रतियुनिट १०.६० रुपैयाँका दरले ७ करोड ४४ लाख रुपैयाँ आम्दानी हुन सक्थ्यो ।

भारत निर्यातबाट प्राप्त हुने र देशभित्रै बेचेर आउने आम्दानीको औसत हिसाब गर्दा पनि झण्डै ५ करोड रुपैयाँभन्दा बढीको बिजुली त खेरै गएको देखिन्छ । पछिल्लो समय प्राधिकरणले गरेका गतिविधिले पनि यसलाई पुष्टि गरेको छ ।

प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार हरेक दिन राति ११ बजेदेखि बिहानीपख २–३ बजेसम्म १४४ मेगावाटको कालीगण्डकी ‘ए’, ७० मेगावाटको मध्यमस्र्याङ्दी, ६९ मेगावाटको मस्र्याङ्दी जलविद्युत्गृहको एउटा–एउटा युनिट बन्द गर्ने गरिएको छ । यस्तै, निजी क्षेत्रका २० मेगावाटको मोदी १० मेगावाट, ४२ मेगावाटको मिस्ट्री खोला, २३ मेगावाट, १३.६ मेगावाटको थापा खोला ४ मेगावाटमा सञ्चालन गर्न केन्द्रले निर्देशन दिने गरेको ती जलविद्युत्गृहका प्रवर्द्धकले जानकारी दिएका छन् ।

बिजुली खेर गइरहेको अवस्था अर्को कारणले पनि पुष्टि गरेको छ; दाना–कुस्मा हुँदै पोखरा (लेखनाथ) आउने १३२ केभीको प्रसारण लाइनले त्यस क्षेत्रका जलविद्युत्गृहबाट उत्पादन हुने पूरै परिमाण बोक्न सक्ने अवस्था छैन । उता, २२० केभी कालीगण्डकी कोरिडोरको निर्माण पनि पूरा भएको छैन । देशका धेरै ठाउँमा प्रसारण लाइन स्वस्थ नभएको कारण बर्खामा पनि क्षमता अनुसार बिजुली उत्पादन नभई खेर गएको अवस्था छर्लङ्ग देखिन्छ ।

निर्माण पूरा भएर व्यावसायिक उत्पादनको तयारीमा रहेका आयोजना समेत प्रणालीमा आउन सकेका छैनन् । यो परिदृश्यले आउने दिनमा देशभित्र उत्पादित ठूलो परिमाणको बिजुली खेर जाने देखिन्छ । उता प्राधिकरण भने २८ दिनमा १ खर्ब ७२ करोड रुपैयाँको बिजुली भारतमा बेच्न सकेको भन्दै खुसीयाली मनाइरहेको छ ।

जति बेचिएको छ त्यति नै खेर गइरहेको छ भन्ने विषय प्राधिकरणले बाहिर ल्याउन चाहिरहेको छैन, न ल्याउने नै छ । यो वर्षको बर्खामा १००० मेगावाट बिजुली जगेडा हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षदेखि नै बताउँदै आएका हुन् । जगेडा परिमाणमध्ये ३६४ मेगावाट भारत निर्यात भइरहेको मान्ने हो भने यो मध्यबर्खामा ६३६ मेगावाट त फेरि पनि खेरै गएको देखिन्छ ।

यति ठूलो परिमाणमा बिजुली जगेडा हुने अवस्थामा कि त भारतमा बेच्ने प्रयास गर्नु नत्र देशभित्रै बजार खोज्नुको विकल्प देखिँदैन । प्राधिकरण भने पुगनपुग २ अर्बको बिजुली बेचेर दंग पर्दै विद्युत खरिद सम्झौता (पिपिए) को ढोका समेत बन्द गरेर बसेको छ । यस्ता गतिविधिले पुनः ५–७ वर्षभित्रै अर्को ऊर्जा संकट नदोहोरिएला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३