विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ३ जलविद्युत कम्पनीहरूले ६७ लाख कित्ता सेयर निष्कासन गर्ने भएका छन् । यी कम्पनीहरूले प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् ।

मध्य सोलु हाइड्रो पावर लिमिटेड, मनाकामना इन्जिनियरिङ हाइड्रो पावर लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले जम्मा ६७ लाख ९६ हजार ८ सय कित्ता सेयर निष्कासन गर्ने तयारी गरेका छन् ।

मध्य सोलुले सय रुपैयाँ अंकित १४ लाख ९६ हजार ८ सय कित्ता सेयर निष्कास गर्न २०७९ माघ ११ गते बोर्डमा आवेदन पेश गरेको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एन आई सी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । 

यसैगरी, मनाकामना इन्जिनियरिङले सय रुपैयाँ अंकित २ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने तयरी गरेको छ । कम्पनीले उक्त सेयर निष्कासन अनुमतिका लागि २०७९ माघ १६ गते बार्डमा आवेदन दिइएको छ । कम्पनीले सर्वसाधारण र प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गर्न बि ओके क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

माथिल्लो मैलुङले २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले उक्त सेयर निष्कासन अनुतिका लागि २०७९ फागुन ३ गते सेबोनमा आवेदन दिएको छ । 

बोर्डबाट सेयर निष्कासन अनुमति पाउने लगतै पहिलो चरणमा प्रभावित स्थानीयका लागि निष्कासन गरिनेछ र दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit