विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मन्दाकिनी हाइड्रो पावर लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीको कास्की जिल्लाको सार्दी खोलामा रहेको ४ मेगावाको सार्दी जलविद्युत आायोजनाले सर्वसाधारणका लागि छुट्याएको साधार सेयर आवेदन खुल्ला गरिएको हो । 

सय रुपैयाँ अंकित ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७३ कित्ता सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयर मध्ये ५ प्रतिशत हुन आउने अर्थात ५८ हजार ८ सय ३ कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत हुन आउने अर्थात २३ हजार ५ सय २१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको छ ।

बाँकी रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ता सेयर सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले छिटोमा १२ गतेसम्म र ढिलोमा साउन २३ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न बिओके क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको कास्की जिल्लाको सार्दी खोलामा रहेको ४ मेगावाटको सार्दी जलविद्युत केन्द्रले २०७४ मंसिर २३ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit