विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ९०० मेगावाटको बहुप्रतिक्षित माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा लगानी जुटेको छ । आयोजनामा १ खर्ब ४६ अर्ब ३२ करोड रुपैयाँ लगानी जुटेको आयोजनाको विकासकर्ता जीएमआर अपर कर्णाली हाइड्रो पावर लिमिटेडका आयाेजना प्रमुख केके शर्माले ऊर्जा खबरलाई जानकारी दिए । आयोजनामा कुल लागतमध्ये ३० प्रतिशतले हुन ४३ अर्ब ८९ कराेड ६० लाख रुपैयाँ स्वपुँजी र ७० प्रतिशतले हुन आउने  हुन आउने १ खर्ब २ अर्ब ४२ कराेड ४० लाख रुपैयाँ ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थान गरिएको उनको भनाइ छ ।

आयाेजनामा  जीएमआर, सतलज जलविद्युत् निगम (एसजेभिएन) र रिन्यूएवल इनर्जी डेभलपमेन्ट एजेन्सी लिमिटेड (इरेडा) ले स्वपुँजी लगानी गर्ने छन् ।उनका अनुसार आयोजनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नेतृत्वमा एभरेष्ट बैंक, एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंक गरी ५ वटा नेपाली बैंकले समेत सहवित्तीयकरणमा ४२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । आयाेजनामा भारतकाे पावर फाइनान्स लिमिटेडबाट ६५ अर्ब रुपैयाँ ऋण लगानी हुने छ । 

विकासकर्ता कम्पनीले आयोजनामा वित्तीय व्यवस्थापन गरी त्यससम्बन्धी लगानी बोर्डलाई पत्र पठाएको लगानी बाेर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले बताए । उनका अनुसार आयाेजनाका लागि वित्तीय व्यवस्थापनकाे म्याद माघ ४ गतेसम्म थियाे । माघ २ गते नै जीएमआरले वित्तीय व्यवस्थापनका गरी स्वीकृतिका लागि बाेर्डमा पत्र पठाएकाे हाे ।

पत्रकाे अध्ययन गरेर बाेर्ड कार्यालयले आयागामी दुई साताभित्र बाेर्डकाे बैठकमा स्वीकृतिका लागि पेश गर्ने उनले जानकारी दिए । वित्तीय व्यवस्थापन भएसँगै आयोजना निर्माणमा जाने सुनिश्चितता देखिएको छ ।

१५० मिटरको प्राकृतिक बाँध अर्थात् उचाई र २ किलोमिटरमात्र सुरुङ खनेर लक्षित क्षमतामा विद्युत् उत्पादन गर्न सकिने हुँदा माथिल्लो कर्णालीलाई भारतीय कम्पनीहरूले आकर्षक आयोजनाको रूपमा हेरेका छन् ।

सन् २०१४ मा आयोजना विकास सम्झौता (पिडिए) भएको आयोजनाका लागि विभिन्न प्रयास गर्दा समेत जिएमआरले लगानी जुटाउन सकेको थिएन । लगानी जुटाउनकै लागि सरकारले अनुमतिपत्रको म्याद थप्दै आएकोमा गत असारमा अन्तिम पटक १८० दिन अर्थात् ६ महिना म्याद थपेको थियो । अनुमतिपत्रकै आधारमा उसले आयोजना लिएर बसिरहन नपाउने भएपछि वित्तीय व्यवस्थान गरी आयोजना अघि बढाउन खोजिएको देखिएको छ ।

पछिल्लो समय माथिल्लो कर्णालीमा समेत लगानी गर्न अघि बढेको सतलजले यसअघिबाटै नेपालमा ९ सय मेगावाटको अरुण–३ आयोजना विकास गरिरहेको छ । यस आयोजनाको काम ८० प्रतिशतभन्दा बढी पूरा भइसकेको छ । अरुण–३ र माथिल्लो कर्णालीको परियोजना विकास सम्झौता (पिडिए) एकै समयमा भएको थियो । सतलजले अरुण नदीमै ६६९ मेगावाटको तल्लो अरुण, ४९० मेगावाटको अरुण–४ को पनि अनुमतिपत्र लिएको छ । अर्को वर्षबाट तल्लो अरुणको काम सुरु गर्ने कम्पनीको तयारी रहेको छ ।

उता भारतको सरकारी कम्पनी एनएचपीसी लिमिटेडले ७५० मेगावाटको पश्चिम सेती जलाशय र ४५० मेगावाटको एसआर–६ को अनुमतिपत्र लिएर विस्तृत अध्ययन गरिरहेको छ । अनुमतिपत्र लिएर भारतीय कम्पनीहरूले नेपालमा करिब ५ हजार मेगावाट बराबरका आयोजना अगाडि बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३