विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विज्ञ धनञ्जय रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बोर्ड सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेकपा सरकारले सम्भवतः पहिलो पटक राजनीतिक आस्थाभन्दा बाहिरका व्यक्तिलाई सार्वजनिक पदमा यसरी नियुक्ति दिएको हो । नयाँ सिइओ छनोट गर्न गठित उपसमितिले रेग्मी सहित दीपक बास्ताकोटी र हिक्मतसिंह ऐरको नाम सिफारिस गरेको थियो ।

बास्ताकोटी र ऐर नेकपा निकट मान्छिन् । यद्यपि, तीन जनामध्ये रेग्मीले नै बढी अंक प्राप्त गरेका थिए । सिफारिस समितिको मूल्यांकन अनुसार रेग्मी, बास्ताकोटी र ऐरले क्रमशः ३४, २६÷२६ अंक प्राप्त गरेका थिए । बढी अंक प्राप्त रेग्मीलाई सिइओ नियुक्ति प्रक्रियामा लैजाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर आपत्ति जनाएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बढी अंक प्राप्तवाला र पर्यटन क्षेत्रको विज्ञ पनि भएकाले रेग्मीलाई नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएका थिए । तर, सत्तारुढ दलका नेताले रेग्मी नेपाली काँग्रेस निकट रहेको र हिजो गोविन्द केसीको आन्दोलनलाई सघाएको भन्दै उनलाई नियुक्त नगर्न प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए ।

केही नेताले त रेग्मी विरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएर निर्णय उल्ट्याउन दबाब पनि दिएका थिए । अघिल्लो आइतबार नै नियुक्ति टुंगिनुपर्नेमा विरोध भएका कारण निर्णय प्रक्रिया लम्बिएको थियो ।

प्रधानमन्त्रीले आपत्ति जनाए पनि ‘पर्यटन वर्ष २०२०’ लाई सफल बनाउन योग्य तथा राजनीतिक आस्था बाहिरको व्यक्ति चाहिने भन्दै मन्त्री भट्टराईले रेग्मीको पक्ष लिएका थिए । पर्यटन क्षेत्रमा बढिरहेको आर्थिक अनियमितता कम गर्दै यस क्षेत्रको विकासलाई अगाडि बढाउन भट्टराईमाथि चुनौती पनि थपिएको छ ।

करिब डेढ दशकदेखि रेग्मीले हिमालयन रिसर्च एक्सपेडिसन मार्फत हिमाली तथा सहासिक पर्यटनको अध्ययन, अनुसन्धान र यसको प्रचार–प्रसार गर्दै आएका छन् । खास गरी पहाडी तथा हिमाली पर्यटन तथा पदमार्ग विस्तार, हिमताल व्यवस्थापन, प्राकृतिक एवं सांस्कृति सम्पदा संरक्षण लगायत विषयलाई रेग्मीले उठाउँदै आएका छन् ।

पछिल्ला वर्षमा पर्यटन र जलविद्युत विकास एकसाथ अगाडि बढाउनुपर्नेमा उनले जोड दिँदै आएका छन् । नदी बेसिनको अधिकतम उपयोग गर्न जलविद्युत विकास गर्ने र यसलाई पर्यटन प्रवद्र्धनसँग जोड्नुपर्ने उनको धारणा रहेको छ । जोखिमको सूचीमा रहेका हिमतालबाट जलविद्युत उत्पादन गरी जोखिम न्यूनिकरण गर्न सकिने र त्यस्ता क्षेत्रलाई पर्यटनको आकर्षक गन्तव्य बनाउनुपर्ने पक्षमा उनले अध्ययन गरिरहेका छन् ।

पर्यटन र जलविद्युत आर्थिक विकासका मुख्य आधार भएकाले यी दुवै पक्षलाई जोडेर अगाडि बढाउन आफूले सक्दो प्रयास गर्ने रेग्मीले बताए । ‘नेपाल आउने पर्यटकलाई काठमाडौंमा मात्र केन्द्रित नगरी भ्रमण अवधि कसरी लम्ब्याउन सकिन्छ भन्ने गुरुयोजना बनाएर काम सुरु गरिनेछ,’ सिइओ नियुक्त भएपछि ऊर्जा खबरसँगको छोटो कुराकानीमा उनले भने, ‘सरकारले राखेका लक्ष्य पूरा गर्न आवश्यक योजना र रणनीति तयार गरेर दीर्घकालीनरूपमा परिणाम देखिने गरी काम गर्नेछु ।’

टे«किङ रुट विस्तार गर्दै हिमाली तथा पहाडी पदमार्गबाट पर्यटकको भ्रमण अवधि लम्बाउने योजना पनि बन्ने छ । साथै, सरकारी, गैरसरकारी तथा सरोकारवाला निकायसँग सहकार्य तथा परामर्श गरी पर्यटन र जलविद्युत विकासको साझा अवधारणा पनि तयार गर्न सकिने उनले बताए । जलविद्युत विकासबाट पनि हिमाल र पहाडका आकर्षक ठाउँमा पर्यटक पुर्याउन सकिने उनको भनाइ छ ।

संसार आणविक ऊर्जामा लागिरहेको सन्दर्भमा नेपालले जलविद्युत विकास गरी त्यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउन जरुरी रहेको रेग्मीले दोहोर्याए । ‘विश्वमा अर्बौं रुपैयाँ खर्चेर निर्माण भएका जलविद्युत आयोजनासम्म सजिलै पहुँच हुँदैन, अब हामीले तिनलाई पनि पर्यटन गन्तव्य बनाउनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit