विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखामा निर्माणाधीन ४० मेगावाट क्षमताको खानी खोला–१ जलविद्युत अयोजनाबाट उत्पादित बिजुली आगामी असारभित्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । ९९ प्रतिशत काम पूरा भइसकेकोले असारभित्रै राष्ट्रिय प्रसारणमा बिजुली जोड्ने गरी काम भइरहेको प्रवद्र्धक कम्पनी ग्रिन लाइफ हाइड्रो पावर लिमिटेडका सञ्चालक भुषण थापाले बताए ।

‘परियोजना लगभग पूरा हुने चरणमा छ,’ उनले भने, ‘९९ प्रतिशत निर्माण पूरा भएको छ । अब इलेक्ट्रो मेकानिकलतर्फको कामसमेत करिब अन्तिम चरणमा छ, करिब ४ महिनामा आयोजना निर्माण पूरा हुन्छ ।’ उनका अनुसार २०÷२० मेगावाटका दुई युनिटमध्ये एउटाको काम पूरा भइसकेको छ । तार जोड्ने लगायत काम बाँकी रहेको उनले बताए ।

कम्पनीले उक्त आयोजनाबाट उत्पादन गर्ने विद्युत् नेपाल विद्युत् प्राधिकरणको सिंगटी सबस्टेशनमा जोडिने छ । आयोजनास्थलदेखि सिंगटी सबस्टेसनसम्म २५ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । प्रसारण लाइनको काम ७० प्रतिशत पूरा भएको उनले बताए । सिंगटी–लामोसाँघु प्रसारण लाइन निर्माण समेत कम्पनीले नै गरिरहेको छ ।

‘प्रसारण लाइनको फाउन्डेशन तयार गर्ने काम भइसकेको छ,’ उनले भने, ‘अब तार ठड्याउने र तार तान्ने काम बाँकी छ । यो एउटै ठाउँमा विभन्न समूहमा बसेर काम गरिने भएकोले यसमा धेरै समस्या छैन ।’

खास गरी अहिले बैंकिङ प्रणालीमा तरलता अभाव भएकोले बैंकबाट हुने ऋण लगानी बापतको नगद प्रवाह हुन नसकेकोले भने आयोजनाको नगद प्रवाहमा समस्या भइरहेको उनले छ । ‘तर, सकेसम्म कसरी हुन्छ अहिलेसम्म हामीले यसलाई व्यवस्थापन गरेर काम रोकिन दिएका छैनौँ,’ उनले भने । 

रामेछापको गौरीशंकर र बिगू गाउँपालिकामा पर्ने आयोजनाको कूल लागत ६ अर्ब ३९ करोड ३८ लाख अनुमान गरिएको छ । प्राधिकरण र कम्पनीबीच यस आयोजनाबाट उत्पादन हुने विद्युतको खरिदबक्री सम्झौता(पीपीए) २०६८ भदौ १९ गते भएको थियो ।

सम्झौताअनुसार २०७५ चैतमा व्यावसायिकरूपमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्नुपर्ने थियो । तर, समयमा काम नभएपपछि विद्युत् खरिद सम्झौता (पिपिए) संशोधनमार्फत यसको व्यावसायिक उत्पादको मिति सारिँदै लगिएको छ । भूकम्प, बाढी पहिरो, कोभिड, बैंकिङ प्रणालीको तरलता अभाव जस्ता कारणले आयोजनाको निर्माण पूरा गर्न समय लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit