विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीको मुसेताेडामा सेती हाइड्रो पावर प्रालिले निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत आयोजनाको निर्माणले अहिले गति लिएको छ । आगामी दुई वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माणको गतिलाई तीव्रता दिइएको हो ।

पोखरा महानगरपालिका–३३ मा निर्माणाधीन आयोजनाको अहिले हेडवर्क्स तथा हेडरेस टनेल (सुरुङ) ३१०० मिटर खन्नुपर्नेमा यसकाे काम सुरु भइसकेकाे आयोजना प्रमुख उज्ज्वल रेग्मीले बताए । ‘कोभिड–१९ को महामारीको समयमा हामीले निर्माण पूर्वका सबै काम पूरा गर्यौं र अहिले मुख्य कामले गति लिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘आगामी दुई वर्षभित्र आयोजनाबाट विद्युत उत्पादन गर्ने हाम्रो लक्ष्य रहेको छ ।’

उनका अनुसार हेडवर्क्स अन्तर्गत फल्ड वाल तथा स्लोप प्रोटेक्सन (Slope Protection) को कार्य सम्पन्न भई पानी थिग्राउने पोखरीको निर्माण प्रारम्भ भएको छ । यस्तै, मुख्य सुरुङको ६५० मिटर पूरा भएको छ भने सिभिल निर्माणतर्फ एमए कन्स्ट्रक्सन प्रालिले काम गरिरहेको उनले बताए ।

यसैगरी, हाइड्रो मेकानिकलको प्लेट किन्ने कार्य तथा ठेकेदार छनोट प्रक्रिया अगाडि बढाइएको सुरुङ इन्चार्ज प्रकाश पौडेलले बताए । ‘इलेक्ट्रो मेकानिकलको ठेक्का टोयर इटली मार्फत डिजाइनको काम भइरहेको छ,’ उनले भने, ‘उता कम्पनीले निर्माण गर्नुपर्ने १.५ किलोमिटर प्रसारण लाइनको डिजाइनको समेत एकसाथ अगाडि बढेको छ ।’

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लेखनाथ दमौली १३२ केभी प्रसारण लाइनमा लुप इन लुप आउट प्रविधिवाट जडान गरिने छ । कुमारी बैकको अगुवाईमा ऋण लगानी भएको आयोजनाको परामर्शदाताको रूपमा सिइसी कन्सल्टले काम गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

क्यू४२ डिजाइन डिस्चार्जमा डिजाइन गरिएको आयोजनाको मुख्य सुरुङ करिब ३ किलोमिटर निर्माण हुनेछ भने यसबाट वार्षिकरूपमा १३ करोड ३० लाख युनिट (१३३ गिगावाट घन्टा) विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit