काठमाडौँ । ऊर्जा उत्पादक तथा रणनीतिक लगानी कम्पनी बिजबेल लिमिटेडले सर्वसाधारणमा आइपिओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले बिहीबार प्रभु क्यापिटल लिमिटेडसँग सहकार्यका लागि सम्झौता गरेको छ ।
हाइड्रो इम्पायर प्रालिका अध्यक्ष काजी लामा प्रमुख बैंकका प्रमुख प्रमुख लगानी अधिकृत दुर्गानन्द झासहितको उपस्थितिमा बिजबेलका संस्थापक सुशील पोखरेल र प्रमु क्यापिटलका प्रबन्ध निर्देशक आशिष गौचनले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु क्यापिटलले बिजबेललाई आइपिओ निकाल्नु अघि र आइपिओ निकाल्नका लागि आवश्यक सम्पूर्ण विषयमा संस्थागत परामर्श, आइपिओ व्यवस्थापन जस्तासम्पूर्ण सेवा प्रदान गर्ने छ ।
सन् २०१४ मा स्थापित बिजबेलले जलविद्युत्सहितका नेपालको नवीरणीय ऊर्जाको क्षेत्रमा झण्डै १ हजार मेगावाट विद्युत्को पोर्टफोलियो बनाएर काम गरिरहेको छ ।