विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १३२ केभी बुटवल-लुम्बिनी प्रसारण लाइनको निर्माण लम्बिएको छ । कोरोना (कोभिड–१९) महामारीका कारण लगाइएको निशेधाज्ञा अवधिमा उपकरण आयात हुन नसक्दा सञ्चालन हुने समयमा पनि प्रसारण लाइन पूरा हुन नसकेको हो ।

असारभित्र सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने प्रसारण लाइन ७५ प्रतिशत मात्रै सकिएको आयोजना प्रमुख हरि पाण्डेले बताए । ‘यो प्रसारण लाइन अहिले सञ्चालनमा आइसक्नु पर्ने तालिका थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘कोभिड–१९ को प्रभावले लक्ष्यअनुसार काम बढाउन नसक्दा निर्माण लम्बिन पुगेको छ ।’

उनले बुटवलदेखि लुम्बिनीसम्म पर्ने २० किलोमिटर लामो प्रसारण लाइनमा ५७ मध्ये ५६ वटा टावरको जग खनेर सकिएको पाण्डेले जानकारी दिए । अहिले प्रसारण लाइनको टावर ठड्याउने काम भइरहेको छ ।

निशेधाज्ञा खुकुलो भइसकेकाले अब उपकरण आयात गरी प्रसारण लाइन निर्माणको कामलाई गति दिइने उनले बताए । कोभिड–१९ र बर्खे झरीको प्रसारण लाइनको काममा परिरहेकाले निर्माण कहिलेसम्म लम्बिने भन्नबारे यकिन गर्न नसकिएको पनि उनले बताए ।

प्रसारण लाइन अन्तर्गत निर्माण भइरहेको मैनहिया सबस्टेनको काम पनि अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा ट्रान्सफर्मर जडान गर्न मात्र बाँकी छ । भारतबाट सबस्टेसनमा जडान हुने पावर ट्रान्सफर्मर आउन नसक्दा सबस्टेसनको काम अहिले ठप्प छ ।

प्रसारण लाइन निर्माणको जिम्मा चीनको टिबिइए साङदोङ लुनेङ ताइसान र नेपालको जोशी एण्ड मुडबरी कम्पनीले संयुक्तरूपमा गरिरहेका छन् । सबस्टेसनमा हाइटेनशन स्वीचगेयर कम्पनीले गरिरहेको छ ।

प्रसारण लाइन सम्पन्न गर्न १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रसारण लाइन तयार भएपछि बुटवल लुम्बिनी क्षेत्रमा गुणस्तरीय विद्युत सेवा दिन सकिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार प्रसारण लाइन सञ्चालनमा आउँदा प्राविधिक चुहावट घट्नुकासाथै प्रसारण क्षमता पनि सुदृढ हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit