विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली प्रदेशको विद्युतीकरण विस्तार गर्न निर्माण गरिएको ३३ केभी दैलेख–दुल्लु प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय अन्तर्गत निर्माण भएको प्रसारण लाइन शनिबारदेखि सञ्चालनमा आएको हो ।

प्रसारण लाइन सञ्चालनमा आएपछि अब दुल्लुमा निर्माण सम्पन्न ३३/११ केभी सबस्टेसन पनि लोड दिएर सञ्चालन गर्ने तयारी भइरहेको प्रादेशिक कार्यलय प्रमुख सुरेन्द्र अग्रहरीले बताए । ‘कर्णालीमा विद्युत सेवा विस्तार तथा गुणस्तर सुधार गर्न प्रसारण लाइन र सबस्टेसन निर्माण गरिएको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘विद्युत वितरण प्रणालीको गुणस्तरमा सुधार हुनेछ ।’

कर्णालीलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न यो प्रसारण लाइन महत्त्वपूर्ण हुनेछ । उनले अब दैलेख जिल्लाको भैरवी र डुङेश्वर गाउँपालिकामा वितरण भइरहेको विद्युतको गुणस्तरमा पनि सुधार हुने बताए । यसअघि सदरमुकामबाट चुप्रा, डुङश्वर, दुल्लु, भैरवी र सुर्खेतको पश्चिम भेगमा ११ केभीको लामो फिडरबाट विद्युत वितरण हुँदै आएको थियो ।

वितरण लाइन लामो हुँदा चुहावट तथा ‘लो भोल्टेज’ को समस्या थियो । नयाँ प्रसारण लाइन सञ्चालनमा आएपछि यो वितरण लाइन छोट्टिएको उनले बताए । दुल्लु–कालीकोट प्रसारण लाइन ११ केभीमा चलाइएकोमा अब यो लाइन पनि ३३ केभीमै सञ्चालन गरी कालिकोटसम्म ३३ केभी लाइनबाट विद्युत पुर्याइने उनले बताए ।

कालीकोटमा निर्माणाधीन ३३ केभी सबस्टेसन पूरा हुन केही समय लाग्ने हुँदा अस्थायीरूपमा ३ एमभिएको पावर ट्रान्सफर्मर राख्ने कार्य भइसकेको र चार्ज गरी केही समय ११ केभीमा सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।

यस्तै, प्रादेशिक कार्यालयले जुम्लालाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न कालीकोटबाट ११ केभी वितरण लाइनमार्फत विद्युत पुर्याउन काम गरिरहेको छ । जुम्लामा विद्युत पहुँच पुर्याउन प्राधिकरणको जुम्ला र कालीकोट वितरण केन्द्रले काम गरिरहेको अग्रहरीले जानकारी दिए । जुम्लामा अबको केही दिनमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुग्दैछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit