विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आफ्नो इनर्जी एक्सचेन्ज बजारमा २४ घन्टा अर्थात् एक दिन अगाडि ‘बुक’ गरेपछि मात्र बिजुली किनबेचको व्यवस्था गरेको भारतले यसमा थप लचिलो नीति ल्याएको छ । भारतले आफ्ना छिमेकी देशहरूका लागि डेढ घन्टा अगाडि ‘बुक’ गरेमा सोही आधारमा बिजुलीको व्यापार गर्न पाइने ‘रियल टाइम मार्केट–आरटिएम’को व्यवस्था खुला गरेपछि नेपालले पनि यसबाट लाभ लिन सक्ने भएकाे छ ।

भारतले यसअघि छिमेकी देश (नेपाल) हरूलाई डे अहेड अर्थात् ड्याम मार्केट मात्र खुला गरेको गरेको थियो, जसअनुसार बिजुली किन्न वा बेच्न अघिल्लो दिन १० बजे नै प्रस्ताव पेश गर्नुपथ्र्यो । भारतले सीमापार विद्युत् आयात÷निर्यात कार्यविधिमा पहिलो संशोधन गरी डे अहेडको साटो वास्तविक समयमै प्रतिस्पर्धा (विडिङ) मा भाग लिन पाउने व्यवस्था गरेको छ ।

भारतले उक्त व्यवस्था देशभित्र सन् २०२० जुन १ तारिखका दिनदेखि कार्यान्वयनमा ल्याएको थियो । छिमेकी देशका लागि भने यस्तो प्रावधान खुला गर्न उसलाई ३ वर्ष १ महिना लाग्यो । यसको अर्थ, भारतले नेपाल तथा छिमेकी मुलुकको बिजुलीलाई व्यापारिक भन्दा बढी रणनीतिक वस्तुसँग तुलना गर्दै आएको पक्ष स्वीकार्नुपर्छ । यद्यपि, भारतसँग विद्युत व्यापार सम्झौता (पिपिए) गरेका देशहरूले ड्याम तथा आरटिएम दुवै बजार उपभोग गर्न सक्ने बाटो भने खुलेको छ ।

भारतले छिमेकी देशहरूलाई आरटिएममा प्रवेशका लागि खुला गरे पनि फराकिलो सोच राखेको भने देखिँदैन । यसको बलियो उदाहरण, नेपालले १० वटा जलविद्युत आयोजनाको ६७१.११ मेगावाट बिजुली बिक्रीका लागि गरेको प्रस्ताव उसले अहिलेसम्म स्वीकार नगर्नु नै हो । अहिलेसम्म नेपालले अहिलेसम्म ४५२ मेगावाट मात्र बिजुली भारतीय बजारमा बेच्ने अनुमति पाएको छ ।

नेपाल विद्युत प्राधिकरणले २०७९ जेठ १९ गतेदेखि भारतको ‘इण्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स)’ मा विद्युत् निर्यात गर्न सुरु गरेको थियो । यसअघि प्राधिकरणलाई निर्यात गर्न दिइएको कोटाको सीमाधि रही बिहान १० बजे नै कबोल गर्नुपथ्र्याे । ‘हिजोबाट अन्तरदेशीय विद्युत व्यापार कार्यविधि पहिलो संशोधन गर्दै छिमेकी देशलाई डे अहेडको साथै रियल टाइम मार्केटमा बिजुली खरिद बिक्री गर्न मार्ग प्रशस्त गरेको छ,’ प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

‘बिजुली बेच्न स्वीकृति लिनुपर्ने पुरानै व्यवस्थामा त परिवर्तन भएको छैन तर अब एक–डेढ घन्टा अगाडि खबर गरेर पनि बेच्न सक्ने भइया’ ती अधिकारीले ऊर्जा खबरसँग भने, ‘बजारमा १ घन्टा १५ मिनेटको समय हुन्छ, हामीले १ घन्टा अगाडि मात्र खबर गर्न सक्यौं भने पनि बेच्न सकिन्छ ।’

आरटिएमको महसुल दर ड्यामको भन्दा केही सस्तो हुने हुँदा हिउँदयाममा नेपालले यसबाट बढी फाइदा लिन सक्ने ती अधिकारीको भनाइ छ । कार्यविधिमा भएको संशोधन अनुसार अब एक दिनमा ४८ वटा विड हाल्न पाइने छ । जसले गर्दा एक–दुई घन्टाभित्रै नेपालमा बढी बिजुली उत्पादन हुने अवस्था देखियो भने त्यही अनुसार उता निर्यात गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit