विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले नेपाल विद्युत प्राधिकरणका २ कर्मचारीलाई पनि घरबार बिहिन बनाएको छ । प्राधिकरणको ठिमी र मेलम्ची वितरण केन्द्रमा कार्यरत कर्मचारीको घर जग्गा बाढीले बगाउँदा उनीहरू सडकमा आइपुगको हुन् ।

ठिमी वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन (३ तह) माधव रिजालको २ तले पक्की घर र ७ रोपनी जग्गा मेलम्चीको बाढीमा बगेको प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन बागमती प्रदेशका सचिव प्रमोद खड्काले बताए । घर जग्गा बाढीले बगाएपछि रिजालको परिवार अहिले आफन्तको घरमा शरण लिएर बसेको छ ।

‘माधव जीको घर जग्गा सबै बगरमा परिणत भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘आफन्तको सहाराको भरमा परिवारको गुजारा चलिरहेको छ ।’ करोडौं मूल्य पर्ने बस्ने घर र जग्गा बाढीले बगाउँदा रिजाल परिवारकाे बिचल्ली भएकाे पनि उनले बताए ।

यस्तै, प्राधिकरणको मेलम्ची वितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारी नेत्रबहादुर गिरि पनि घरबार बिहिन बनेका छन् । उनको घर तथा जग्गा मेलम्चीको बाढीले बगाएर बगर बनाइदिएको छ । भएको सबै सम्पत्ती बाढीमा बगेपछि उनको परिवार समेत अहिले सडकमा आइपुगेको छ ।

आफन्तको सहयोग तथा अरुले दिएको राहतको भरमा गिरिको परिवार बाँचिरहेको छ । खड्काले बाढी पिडित कर्मचारीको सहायताका लागि आर्थिक तथा खाद्यान्न सहयोग अभियान सुरु गरिएको बताए । प्राधिकरणमा कार्यरत कर्मचारीबाट संकलन हुने सहायता रकम पिडित परिवारलाई हस्तान्तरण गरिने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit