विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी रुपनी–बोदेवरसाइन प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा अवस्थित रुपनी सबस्टेसनदेखि सोही जिल्लाको बोदेवरसाइन नगरापालिकामा प्रस्तावित वोदेवरसाइन सबस्टेसनसम्मको लाइन निर्माण गर्न लागेको हो ।

अध्ययन पूरा भएको डबल सर्किट आयोजनाको निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका यो लाइन पूरा भएपछि २०० मेगावाट विद्युत प्रवाह हुनेछ ।

यो आयोजना अन्तर्गत रुपनी सबस्टेसनमा दुई वटा १३२ केभी लाइन–वे विस्तार तथा वोदेवरसाइन नगरपालिकाको मधुवन गाउँ नजिकमा १३२/३३ केभी, ३०/४०/५० एमभीए क्षमताको वोदेवरसाइन सबस्टेसन निर्माण हुनेछ ।

आयोजना निर्माणका लागि ३७.४२४ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये सबस्टेसन निर्माणका लागि ३.४१५ हेक्टर टावर निर्माणका लागि १.५९८ हेक्टर जमिन आवश्यक पर्नेछ । विद्युत मार्गको अधिकार क्षेत्रका लागि ३१.९११ हेक्टर तथा भण्डारण तथा क्याम्पका लागि ०.५ हेक्टर जमिन प्रयोग गरिनेछ । लाइनको काम २०८२ असार भित्र सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

आयोजनाको विवरण

आयोजना : रुपनी–बोदेवरसाइन
प्रवर्द्धक : नेपाल विद्युत प्राधिकरण
क्षमता : १३२ केभी डबल सर्किट
विद्युत प्रवाह क्षमता : २०० मेगावाट
दुरी : १८.६०५ किलोमिटर
टावर : ७१ वटा
आवश्यक जग्गा : ३७.४२४ हेक्टन
सम्पन्न गर्ने मिति : २०८२ असारभित्र पूरा गर्ने लक्ष्य

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit