विद्युत अपडेट

  • प्राधिकरण : ९१६० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २३१९२ मे.वा.घन्टा
  • आयात : ५१४१ मे.वा.घन्टा
  • निर्यात : १८२२ मे.वा.घन्टा
  • ट्रिपिङ : २१५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ४८२०३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४८० मे.वा.
२०८२ जेठ २७, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

स्याङ्जा (वालिङ) । जिल्लामा विद्युतीकरण गर्दै आएको बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडले वालिङ र यसवरपर अनिश्चित समयका लागि विद्युत् कटौती गर्ने भएको छ । त्यस क्षेत्रमा सडक विस्तारका क्रममा विद्युतीय पोल सार्नुपर्ने हुँदा विद्युत् कटौती गर्न लागेको हो ।

विपिसी शाखा कार्यालय वालिङले फागुन २५ गते (मंगलबार) सूचना निकालेर विद्युत् कटौती गर्ने जानकारी दिएको छ । बिपिसीका अनुसार फागुन २६ गते बुधबारदेखि वालिङ नगरपालिका अन्तर्गत शीतलबजार क्षेत्रमा बाटो फराकिलो गर्नेक्रममा केही विद्युतीय पोल सार्नुपर्ने भएकाले उक्त काम नभ्याउन्जेलसम्मका लागि विद्युत् आपूर्तिमा अवरोध हुनेछ ।

हरेक दिन ७ बजेदेखि दिउँसो १२.३० बजेसम्म शीतलबजार मोड, वालिङ मोड, केदारनाथ, विपि चोक र भिमटारी क्षेत्रमा विद्युत् कटौती हुनेछ । तर, शनिबारको दिन ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा अवरुद्ध हुने सूचनामा उल्लेख छ । वालिङ नगरपालिका तथा स्थानीय बुद्धिजीवीसँग परामर्श गरेर नै आपूर्ति बन्द गर्ने सूचना निकालिएको आँधीखोला विद्युतगृहका प्रबन्धक डोलप्रसाद खरेलले बताए ।

‘नगरपालिकाले सडक फराकिलो पार्दै गएपछि बिजुलीका पोल बीचमा पर्न गए र नसारी नहुने भयो, यसैले कार्यालय तथा अतिआवश्यक काममा असर नपर्ने गरी आपूर्ति बन्द गरेर काम गर्ने तालिका बनाएका छौं,’ उनले बिहीबार ऊर्जा खबरसँग भने, ‘दिनहुँ काम गर्न पाएको खण्डमा चाँडै सकिन्थ्यो तर सबै व्यवस्था मिलाएर काम गर्दा १०–१२ दिनमा सकिन्छ भन्ने अनुमान छ । यो भन्दा बढी समय पनि लाग्न छ ।’

खरेलका अनुसार मिर्दी पुलदेखि प्रहरी चौकी अर्थात् भेनस होटलसम्म करिब डेढ किलोमिटर क्षेत्रका पोल सार्नुपर्नेछ । त्यस क्षेत्रमा ३ वटा ट्रान्सफर्मर जडान गरिएको छ । ती ट्रान्सफर्मर बन्द गरेर काम गरिने पनि उनले बताए । बिपिसीले आँधीखोला (९.४ मेगावाट) र प्युठानको झिम्रुकमा निर्माण भएको १२ मेगावाट विद्युत् उत्पादन गरी आफैं वितरण पनि गर्दै आएको छ ।

उक्त दुई विद्युत्गृहबाट उत्पादित विद्युत् स्याङ्जा, पाल्पा, प्युठान र अर्घाखाँचीका करिब ५९००० ग्राहकमा वितरण गरिएको छ । बिपिसीको ४ मेगावाटको खुदी र ६० मेगावाटको खिम्तीमा समेत सेयर लगानी छ । कम्पनीले अहिले लमजुङमा ३० मेगावाटको न्यादी, ताप्लेजुङमा ३७.६ मेगावाटको काबेली ‘ए’ निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३