विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले ग्राहकको सुविधाका लागि सोधपुछ कक्ष तथा एकद्वार प्रणाली सञ्चालन गरेकाे छ ।वितरण केन्द्रले ग्राहकलाई गुणस्तरीय विद्युत सेवा दिने उद्देश्यले सबै प्रकारका समस्या एकै स्थानबाट समाधान गर्ने गरी सोधपुछ कक्ष तथा एकद्वार प्रणाली सञ्चालनमा ल्याएको हो ।

बिहिबार विशेष कार्यक्रम गरेर सोधपुछ कक्ष र एकद्वार प्रणालीको शुभारम्भ गरिएको वितरण केन्द्रका लेखा प्रमुख राजेश झाले बताए । प्राधिकरण जनकपुर प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार सिंहले औपचारिक उद्घाटन गरेर सोधपुछ कक्ष र एकद्वार प्रणालीको शुभारम्भ गरेका हुन् ।

‘अब ग्राहकबाट आउने सबै खाले गुनासोको हल एउटै स्थानबाट हुन्छ,’ झाले ऊर्जा खबरसँग भने, ‘ग्राहकले चाहिएको जानकारी पनि प्राप्त गर्न सक्नेछन् ।’ ग्राहकबाट धेरै खाले गुनासाहरू आउने गरेकाले अब तीनकाे एकै स्थानबाट सम्बाेधन गरिने उनले बताए ।

एकद्वार प्रणाली सञ्चालन हुँदा ग्राहकले समस्या तथा माग  लिएर कर्मचारीकाे काेठा–काेठा धाउनु पर्ने बाध्यताकाे अन्त्य भएकाे झाले बताए । वितरण केन्द्र अन्तर्गत ४९ हजार ग्राहक छन् । वीरगन्जका धेरै औद्योगिक ग्राहक रहेकाले पनि गुणस्तरीय विद्युत दिन सेवा दिगो र भरपर्दो बनाउनु पर्ने दबाब  वितरण केन्द्रलाई छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३