विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको गत आर्थिक वर्षमा खुद नाफा घटेको छ । कम्पनीको गत आर्थिक वर्ष २०७७/७८ मा कमाउने नाफा घटेको हो ।

गत आर्थिक वर्षमा ७० करोड १८ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अघिल्लो वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा ४ करोड ३७ लाख ५६ हजार रुपैयाँले कम हो । अघिल्लो वर्ष ७४ करोड ५५ लाख ९० हजार रुपैयाँ नाफा गरेको थियो ।

विद्युत बिक्री आम्दानी घटेका कारण यसको असर खुद नाफामा परेको हो । समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब १२ करोड ८० लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

जलविद्युत केन्द्रमा जडित विभिन्न उपकरणहरु तथा सफ्टवेयरमा समय सापेक्ष सुदृढिकरण गर्दा पावर प्लान्ट बन्द गर्नु परेको र चिलिमे खोलामा पानीको बहावमा कमी आएका कारण विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी घटेर ११.१७ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६१.४० रुपैयाँ रहेको छ ।

कम्पनीको रसुवामा २२.१ मेगावाटको चिलिमे जलविद्युत आयोजनाले विद्युत उत्पादन गरीररहेको छ । अहिले कम्पनीले सहायक कम्पनीमार्फत २ सय ७० मेगावाटका ४ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन, १ सय ११ मेगावाटको रसुवागढी र १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit