विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंक लिमिटेडका ३९ वटा शाखा कार्यालय आज (मंगलबार, जेठ ४ गते) ४ घण्टा खुल्ला हुने भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसका कारण शाखा कार्यालयहरू सीमित समयका लागि खोल्न लागिएको हो ।

मंगलबार बिहान १० बजेदेखि २ बजेसम्म शाखा कार्यालय खुल्ला रहने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार प्रदेश–१ का ६, प्रदेश–२ का ८, बागमतीका ११, गण्डकीका ४, लुम्बिनीमा एक, कर्णालीका ४ र सुदूरपश्चिमका ५ शाखा कार्यालय खुल्ला रहनेछन् ।

प्रदेश–१ का विराटनगर, दुहबी, गाईघाट, कञ्चनबारी, खाँदबारी र महेन्द्रचोक तथा प्रदेश–२ का वीरगन्ज, जनकपुर, लहान, सिराहा, बर्दिबास, गोलबजार, पावरहाउस र मिर्चैया शाखा खुल्ला रहनेछन् । यता बागमतीका भैंसेपाटी, हात्तीगौंडा,  सिनामंगल, सूर्यविनायक, तीनधारा र त्रिपुरेश्वर शाखा खुल्नेछन् । हाकिम चोक, हेटौडा, नारायणगढ, पर्सा बजार र टाँढी शाखा भने १ बजेसम्म मात्र खुल्ने बैंकले जनाएको छ ।

गण्डकीका पोखरा लेकसाइड र अमरसिंह चोक शाखा ११ बजेदेखि २ बजेसम्म खुल्नेछन् भने दलदले शाखा १० बजेदेखि १२ बजेसम्म खोलिनेछ । उता बेँसीसहर शाखा ४ घण्टा खुल्ला रहनेछ ।

लुम्बिनीको नेपालगंज शाखा १ बजेसम्म मात्र खुल्ला रहनेछ । कर्णालीको बराहताल, दार्मा, पचालझरना र पलाता शाखा खुल्नेछन् । सुदूरपश्चिम प्रदेशको आलिताल, पञ्चेश्वर, रामारोशन, सायल र तुर्माखाँद खुल्ला रहनेछ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बन्द बैंक सोमबार पनि केही घन्टा खुल्ला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit