विद्युत अपडेट

  • प्राधिकरण : १०२८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२६४१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४५७० मे.वा.घन्टा
  • आयात : १९५ मे.वा.घन्टा
  • निर्यात : १०५२३ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ४७७९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१६१ मे.वा.
२०८० असोज ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर अफ ट्र्याक अन्तरक्रिया ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकामा भारतीय कम्पनीले निर्माण गरिरहेको ९०० मेगावाटको अरुण–३ जलविद्युत् आयोजनामा कार्यरत मजदुरका कारण काम रोकिएको छ । व्यवस्थापन (आयोजना प्रवद्र्धक सतलज जलविद्युत् निगम) र मजदुरबीचको विवादले एक सातादेखि काम रोकिएको हो ।

सुरुङमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको र उसलाई दिनुपर्ने क्षतिपूर्तिको विषयलाई लिएर विवाद हुँदा झडपसमेत भएको छ । यही कारण बुधबार (बैशाख २९ गते) देखि आयोजनास्थलका अधिकांश काम रोकिएका छन् ।

सुरुङभित्र बारुद राख्ने क्रममा बुधबार माथिबाट खसेको ढुंगाले लागेर कञ्चनपुरका ३७ वर्षिय कृष्ण रानाको मृत्यु भएको थियो । मृत्युपछि क्षतिपूर्तिको विषयमा विद्युत्गृह निर्माणको जिम्मा पाएको पटेल इन्जिनियरिङ लिमिटेडले बिमा अनुसारको रकम भुक्तानी दिने उल्लेख गरेको थियो ।

उक्त विषयमा विवाद हुँदा मजदुरले पार्किङ गरिरहेका सवारी, आवासलगायत क्षेत्रमा तोडफोड गरेको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन घिमिरेले बताए । ‘निर्माणकर्ता कम्पनीले नेपालको कानुनअनुसार बिमा गरेको होला, त्यही आधारमा रकम दिने भन्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘मजदुरले त्यसमा नमान्दा विवाद भएको हो ।’

यसअघि बाँधस्थलमा काम गर्ने क्रममा पनि एक जना मजदुरको मृत्यु भएको यिथो । त्यतिबेला बाँध निर्माणको ठेक्का पाएको जेपी (जयप्रकाश) एसोसियट्सले क्षतिपूर्तिबापत भारु २० लाख रुपैयाँ दिएको थियो । विद्युत्गृहमा काम गर्नेले पनि यसैलाई आधार मानेर त्यही अनुसारको रकम माग गरेको घिमिरेले बताए ।

‘क्षतिपूर्तिको विषयमात्र नरहेर लामो समयदेखि काम गरेको भुक्तानी नदिएको हुँदा पनि मजदुरहरू थप आक्रोसित भएको देखियो,’ उनले थपे, ‘कम्पनीले पेटी ठेकेदारको समेत भुक्तानी नदिएको भन्ने छ । मजदुर मृत्युको कारण पनि भयो । सबै कुराहरू मिसिँदा बढी विवाद भयो ।’

जिल्ला प्रशासनले मजदुर, व्यवस्थापन, सुरक्षा निकायका प्रमुखको समेत उपस्थितिमा छलफल गरी सहजीकरण गरिदिएको घिमिरेको भनाइ छ । सुरक्षाकर्मीको संख्या बढाइदिएको र कुनै अवरोध आउन नदिनेमा विश्वस्त पारे पनि कम्पनीले काम सुरु नगरेको उनले जानकारी दिए ।

घिमिरेका अनुसार ठेकेदार आफूले ल्याएका भारतीय कामदारले पनि काम गरेको ज्याला नपाएको गुनासो छ । आयोजना निर्माणकर्ता सतलज जलविद्युत् निगमले भने सुरक्षाको कारण देखाई काम अगाडि बढाएको छैन ।

कोरोना महामारीका कारण निर्माण सामग्री ढुवानीमा देखिएको समस्या, उपकरण आयातको व्यवधानलाई समेत कम्पनीले अहिलेको विवादसँग जोडेको देखिन्छ । महामारीका कारण निर्माणलाई निरन्तरता दिन कठिनाई भइरहँदा कम्पनीले ‘मजदुरका कारण काम रोक्नुपरेको’ बाहना गर्न पाएको छ ।

मजदुरले गरेको तोडफोडका कारण निर्माणस्थलमा करिब ३ करोड रुपैयाँ बराबरको क्षति पुगेको आयोजनाका नेपालस्थित आवासीय प्रतिनिधि हरेराम सुवेदीले बताए । ‘विद्युत्गृह क्षेत्रको काम त ठप्प नै छ, बाँधतर्फ केही भइरहेको छ,’ उनले भने, ‘बर्खा अगाडि निर्माण भएको बाँध सुरक्षाको काम सक्ने योजना थियो । यही कारण ढिलो हुने देखिन्छ ।’

आयोजना ४ प्याकेज (लट) मा बाँडेर निर्माण भइरहेको छ । पहिलो प्याकेजअन्तर्गतको बाँध क्षेत्र जेपीले १८ अर्ब रुपैयाँमा ठेक्का पाएको छ । यस्तै, विद्युत्गृह (दोस्रो प्याकेज) १८ अर्ब रुपैयाँमै ठेक्का पाएको पटेल इन्जिनियरिङले काम गरिरहेको छ ।

हाइड्रो तथा इलेक्ट्रो मेकानिकल (लट ३) को ठेक्का भारतकै हेभी इक्विपमेन्ट लिमिटेडले २ अर्ब रुपैयाँमा ठेक्का पाएको छ । उता चौथो लटअन्तर्गतको प्रसारण लाइन निर्माण गर्न ९ अर्ब रुपैयाँमा ठेक्का दिइएको छ ।

आयोजनाको विद्युत्गृहदेखि भारतको मुजफ्फरपुरसम्म (३१६ किलोमिटर) ४ सय केभी उच्च क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । यसमार्फत अरुणको बिजुली सोझै भारत लगिनेछ । आयोजना विकास सम्झौता (पिडिए) अनुसार कूल क्षमताको २१.९ प्रतिशत (१९७.१० मेगावाट) बिजुली नेपाललाई निशुल्क दिनुपर्नेछ ।

उक्त प्रसारण लाइनबाट २६०० मेगावाटसम्म विद्युत् प्रवाह हुने बताइएको छ । साथै, आयोजनाबाट वार्षिक ४०१९ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । प्रसारण लाइनसहित करिब १ खर्ब ४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण अवधि ५ वर्ष तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit