विद्युत अपडेट

  • प्राधिकरण : ६५१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४७१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३१७४ मे.वा.घन्टा
  • आयात : ८९६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९४० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७७८ मे.वा.
२०८२ ब‌ैशाख १८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत  यो साता हामीले प्रसारण लाइनमा प्रयोग हुने विद्युत् प्रसारण स्तम्भ (ट्रान्समिसन टावर) का विषयमा जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता विद्युत् प्राणालीमा प्रयोग हुने अर्थिङ र यसका प्रकारका विषयमा जानकारी दिने प्रयास गरेका थियौँ ।

१. विद्युत् प्रसारण स्तम्भ वा टावर भनेको के हो ?

उत्तर : विद्युत् प्रसारण स्तम्भ (ट्रान्समिसन टावर) लाई प्यालोन वा हाइड्रोपावर टावर पनि भनिन्छ । यो एउटा अग्लो संरचना हो, जुन प्रायः स्टीलका बलिया पाताको प्रयोग गरी जालीदार बनाइएको हुन्छ । यो संरचना माथिल्लो भागमा रहने विद्युत् प्रसारण लाइनहरू टाँग्नका लागि प्रयोग गरिन्छ, जसले उच्च भोल्टेजमा विद्युत् उत्पादन केन्द्रहरूबाट सबस्टेसनहरूसम्म ठूलो मात्रामा बिजुलीको प्रसारण वा ढुवानी गर्दछन् ।

२. विद्युत् प्रसारण स्तम्भका कति प्रकारका हुन्छन् ? 

उत्तर : विद्युत् प्रासारण स्तम्भ मुख्यतया ३ प्रकारका हुन्छन् । ती निम्नानुसार छन् :

(क) भोल्टेजमा आधारित : ट्रान्समिसन भोल्टेज अनुसार टावर फरक हुन्छ । जति उच्च इभोल्टेज भयो उति नै यसको आकार ठूलो हुन्छ । यसो हुनुका दुई कारण छन् : (१) कन्डक्टर–कन्डक्टर (तार)बीच र कन्डक्टर ग्राउण्डबीच दूरी बढी चाहिने (२) भोल्टेज बढ्दै जाँदा इन्सुलेटर बढी चाहिने र कन्डक्टर मोटो भई तौल पनि बढ्ने हुनाले यी सबैको भार टावरले लिनुपर्ने हुँदा टावर ठूलो र बलियो बनाइन्छ ।

(ख) मार्ग आधारित : कन्डक्टर (तार) तान्दा सबै ठाउँमा सोझो बाटो पाइँदैन, बीच–बीचमा विभिन्न बाधाहरू वा पहाड नै रहन्छ । यी सबै कारणले कुनै भागमा लाइन सोझो हुन्छ भने कुनै भागमा बाङ्गो । त्यस्तै, लाइन तल–माथि पनि हुन्छ । यस्ता विभिन्न ठाउँमा गाडिने टावरले थेग्ने बलको मान र यसको दिशा पनि बेग्लाबेग्लै हुन्छ र सोही आधारमा निम्नानुसार टावरको वर्गीकरण गरिएको छ :

  • टाइप ए टावर – विचलन कोण – ०–२ डिग्री
  • टाइप बी टावर – विचलन कोण – २–१५ डिग्री
  • टाइप सी टावर – विचलन कोण – १५–३० डिग्री
  • टाइप डी टावर – विचलन कोण – ३०–६० डिग्री

टाइप ए टावरलाई सस्पेन्सन टावर पनि भन्ने गरिन्छ र यो सिधा रुटमा प्रयोग गरिन्छ । टाइप ‘बी’ देखि ‘डी’सम्मको टावरलाई एङ्गल टावर भन्ने गरिन्छ भने कसैले यसलाई टेन्सन टावर पनि भन्दछन् । बढी डेभियसन भएको टावरले बढी लोड थेग्नु पर्ने हुनाले सोही अनुसार बलियो गरी बनाइएको हुन्छ र जसकारण यसको लागत मूल्य पनि बढी हुन्छ । 

(ग) विशेष प्रकारका टावरहरू : नदीको किनार रहेका कम्तीमा पनि २ वटा टावरहरू पाइल फाउन्डेशनयुक्त हुनु पर्दछ । यसो गरिँदा भविष्यमा नदीले आफ्नो बाटो बदले पनि टावरलाई केही फरक पर्दैन । पाइल फाउन्डेशन भनेको प्रत्येक टावर लेगको लागि २०÷२५ फिट गहिरो (डिजाइनमा निर्भर) इनारजस्तो गोलो खाल्डो खनी तलैबाट सिमेन्ट, गिट्टी, बालुवा र फलामे रड प्रयोग गरी जमिनमाथिसम्म टावरलेग (टावरको खुट्टा) सहितको गोलाकार चौतारा निर्माण गरिन्छ । यस प्रकार ४ वटा टावर लेगमा निर्माण गरिएको टावरलाई नदी कटान वा बाढीले केही गर्न सक्दैन । भौगोलिक अवस्थाले गर्दा पहाडको एउटा टुप्पामा एउटा र अर्को टुप्पामा अर्को टावर राख्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा टावर स्पम (एउटा टावरदेखि अर्कोको बीचको दूरी) बढी राख्नुपर्ने भई सोही अनुसारको विशेष प्रकारको टावर चाहिन्छ । पहाडमा लाइन तान्दा टावर खडा गर्ने ठाउँ पहिरोबाट सुरक्षित छ वा छैन ? भन्नेतर्फ विशेष ध्यान दिनु पर्दछ ।

बहु–वैकल्पिक प्रश्नहरू

१. सस्पेन्सन टावर कुन प्रकारको टावरभित्र पर्दछ ?
(क) डी
(ख) सी
(ग) बी
(घ) ए

उत्तर : ए

२. कुन टाइपको टावर सबभन्दा सस्तो हुन्छ ?

(क) ए
(ख) बी
(ग) सी
(घ) डी

उत्तर : ए

३. नदी नजिकको टावरमा कस्तो फाउण्डेशन उपयुक्त हुन्छ ?

(क) सामान्य
(ख) पाइल
(ग) मेट
(घ) हात्ती खुट्टा प्रकार

उत्तर : पाइल

४. एउटा टावरदेखि अर्को टावरबीचको दूरीलाई के भन्दछन् ?

(क) स्पान
(ख) कोन्टोर
(ग) रुट
(घ) प्रोफाइल

उत्तर : स्पान

५. नेपालको पहिलो ४०० केभी लाइन कुन हो ?

(क) हेटौँडा–दुहवी
(ख) खिम्ती–ढल्केवर
(ग) बुटवल–महेन्द्रनगर
(घ) ढल्केवर–भिठामोड–मुजफ्फरफुर

उत्तर : ढल्केवर–भिठामोड–मुजफ्फरफुर

६. विद्युत् लाइनमा प्रयोग गरिने निम्न सामग्रीमध्ये सबभन्दा बढी टेन्सल शक्ति भएको पदार्थ कुन हो ?

(क) कपर
(ख) आल्मुनियम
(ग) मिल्ड स्टिल
(घ) सिल्भर

उत्तर : मिल्ड स्टिल

७. एउटा कन्डक्टरदेखि अर्को कन्डक्टरबीचको दूरी मुख्यतया केमा निर्भर रहन्छ ?

(क) भोल्टेज
(ख) कन्डक्टर रहने ठाउँ
(ग) कन्डक्टरको करेन्ट वहन गर्ने क्षमता
(घ) माथि उल्लेखित क र ख दुवै 

उत्तर : माथि उल्लेखित क र ख दुवै

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३