काठमाडौँ । हरेक शुक्रबार ऊर्जा खबरले प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले विद्युत् प्रवाहका लागि प्रयोग गरिने तार (केबल/कन्डक्टर) का विषयमा जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता विद्युत् प्रसारण लाइन, यसका प्रकार र प्रयोगका आयामबारे जानकारी प्रस्तुत गरेका थियौँ ।
१. विद्युत् केबल (तार/कन्डक्टर) भनेको के हो ?
उत्तरः केबल भनेको इन्सुलेटेड कन्डक्टर हो, जसलाई हातले छोए पनि करेन्ट लाग्दैन । इन्सुलेट मेटेरियल वा इन्सुलेसन एउटा धेरै नै बढी रेजिस्टेन्स भएको कुचालक हो जसको कारण करेन्टलाई चुहिन दिँदैन । भोल्टेज र इन्सुलेटिङ मेटेरियलको आधारमा केवुल विभिन्न प्रकारको हुन्छ । इन्सुलेसन भएको केबल सस्तो र ४००/२३० भोल्टको लो टेन्सन (एलटी) प्रसारण लाइनमा प्रयोग गरिन्छ भने एक्सएलपिई इन्सुलेसन भएको केबल साधारणतया ११ केभी वा सोभन्दा बढी भोल्टेजमा प्रयोग हुन्छ ।
२. केबल वर्गीकरणः
उत्तरः बनावटको आधारमाः बनावटको दृष्टिकोणले केबलहरू मुख्यतः तीन किसिमका हुन्छन्ः
इन्सुलेसनको आधारमाः इन्सुलेसनको लागि मुख्यतः पिभिसी र एक्सएलपिई प्रयोग गरिन्छ र सो अनुसार केबललाई पनि इन्सुलेसन अनुसार पि.भि.सी. केबल वा एक्सएलपिई केबल भन्ने गरिन्छ । एक्सएलपिई भन्दा पिभिसी सस्तो पर्दछ ।
कन्डक्टरको पदार्थको आधारमाः कन्डक्टर तामा वा आल्मुनियमको भए सो अनुसार यसलाई कपर केबल वा अल्मुनियम केबल भन्ने गरिन्छ । कपरभन्दा आल्मुनियम सस्तो पर्छ
कोरको आधारमाः केबल कन्डक्टरलाई कोर पनि भन्ने गरिन्छ । एउटा कन्डक्टरमा थुप्रै मसिना तारहरू हुन्छन् जसलाई स्ट्रयान्ड भन्दछन् । कोरको संख्या अनुसार यसलाई सिङ्गल कोर डबल कोर, तिन र हाफ कोर, चार कोर, मल्टि कोर भन्ने गरिन्छ । तिन र हाफ कोर केबल भनेको चारवटा कन्डक्टर मध्ये एउटाको क्षेत्रफल अरूको आधा रहनु हो, निउट्रलमा करेन्ट न्युन रहने ठाउँमा निउट्रलको लागि यस्तो केबल प्रयोग गरिन्छ । कन्ट्रोल प्यानलमा खास गरेर मल्टि कोर (४ भन्दा बढी कोर) केबल प्रयोग गरिन्छ ।
भोल्टेजको आधारमाः ४००/२३० भोल्ट सप्लाईमा प्रयोग हुने केबललाई एलटी (लो टेन्सन) केबलर ११ केभी वा सो भन्दा बढी भोल्टेजमा प्रयोग हुने केबललाई एचटी (हाई टेन्सन) केबल भन्दछन् । हाउस वायरिङको केबलको भोल्टेज रेटिङ ११०० भोल्ट हुन्छ । त्यस्तै ४०० भोल्टको त्रिफेज मोटरमा प्रयोग हुने केबल पनि ११०० भोल्टको हुनुपर्दछ ।
करेन्टको आधारमा: प्रत्येक केबल वा कन्डक्टरको आ–आफ्नो करेन्ट (एम्पिएर) वहन गर्ने क्षमता हुन्छ । लोड करेन्टभन्दा केबलको करेन्ट क्षमता बढी हुनु पर्दछ ।
बहु–वैकल्पिक प्रश्नहरू
(१) एक्सएलपीई को पूर्ण रूप के हो ?
(क) क्रस लिंक्ड पलिएथिलिन
(ख) क्रस लिंक्ड पलिएप्रोपिलिन
(ग) जैन्थिन लिंक्ड इमल्सन
(घ) जेनाडु लिंक्ड पलिएथिलिन
उत्तरः क्रस लिंक्ड पलिएथिलिन
(२) एक्सएलपीई कुन प्रकारको तरल पदार्थ हो ?
(क) राम्रो चालक
(ख) खराब चालक
(ग) अर्धचालक
(घ) तीमध्ये कुनै पनि होइन
उत्तरः खराब चालक
(३) एलटी पावर केबलको भोल्टेज रेटिङ साधारणतः कती केभी हुन्छ ?
(क) ०.४
(ख) १.०
(ग) १.१
(घ) ३.३
उत्तरः १.१
(४) केबल परिपेक्ष्यमा एबीसीको पूरा रूप के हो ?
(क) एयर इन्सुलेटेड बेसिक केबल
(ख) एयर बाइपोलर केबल
(ग) एयर बन्डल्ड बोटाटिक केबल
(घ) एयर बन्डल केबल
उत्तरः एयर बन्डल केबल
(५) कन्भर्टरभित्रको मुख्य पूर्जाको नाम के हो ?
(क) थायरिस्टर
(ख) इन्डक्टर
(ग) फेन
(घ) ट्रान्जिस्टर
उत्तरः थायरिस्टर
(६) पिभिसी केबलले थेग्न सक्ने करेन्टको अधिकतम सीमा कति हुन्छ ?
(क) ९० डिग्री सेल्सियस
(ख) १२० डिग्री सेल्सियस
(ग) १५० डिग्री सेल्सियस
(घ) ७० डिग्री सेल्सियस
उत्तरः ७० डिग्री सेल्सियस
(७) डिसी लाइनलाई सिङ्क्रोनाइज गर्न कुरामा ध्यान दिनुपर्छ ?
(क) फेज एङ्गल
(ख) भोल्टेज सिक्वेन्स
(ग) भोल्टेज र पोल्यारिटी
(घ) फ्रिक्वेन्सी
उत्तरः भोल्टेज र पोल्यारिटी