विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बंगलादेशले भारतको उत्तर पूर्वी त्रिपुरा राज्यबाट १९२ मेगावाट विद्युत खरिद गर्ने भएको छ । बंगालादेशले विद्युतको आन्तरिक माग व्यवस्थापन गर्न त्रिपुरा स्टेट इलेक्ट्रिसिटी कर्पोरेश लिमिटेड (टिएसइसिएल) सँग थप विद्युत खरिद गर्ने भएको हो ।

बंगालादेशले यसअघि यो राज्यबाट १६० मेगावाट विद्युत खरिद गर्दै आएकोमा यो परिमाणलाई २० प्रतिशत बढाएर १९२ मेगावाट पुर्याएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । बंगालादेशले थप विद्युत खरिद गर्न त्रिपुरासँगको पुरानो सम्झौता ५ वर्षका लागि नवीकरण गरेको समाचारमा जनाइएको छ ।

बंगालादेशले पहिलो पटक त्रिपुरा राज्यसँग विद्युत खरिदका लागि सन् २०१० को जनवरीमा सम्झौता भएको थियो । यो सम्झौताको अवधि पूरा भएपछि थप विद्युत खरिद गर्ने गरी बंगालादेशले पुनः सम्झौता गरेको हो । यो सम्झौताको अवधि सन् २०२६ को मार्चमा सकिनेछ ।

बंगालादेशले सम्झौता भएको पहिलो वर्ष प्रतियुनिट ६.२७ भारु मा विद्युत खरिद गर्न पाउनेछ । अर्को वर्षदेखि वार्षिक २ प्रतिशत बढी मूल्य तिर्नुपर्नेछ । थप विद्युत खरिदका लागि सम्झौता भएसँगै बंगालादेशले भारतसँग अब कूल ११९२ मेगावाट विद्युत खरिद गर्नेछ ।

त्रिपुरा बाहेक भारतबाट बंगालादेशतर्फ पश्चिम बंगाल राज्यको भेरामारा सीमाबाट १ हजार मेगावाट निर्यात हुँदै आएको छ । अहिले बंगालादेशको विद्युत जडित क्षमता २१ हजार ४ सय ३५ मेगावाट छ ।

उत्पादन करिब २० हजार ९ सय ३४ मेगावाट हुँदै आएको छ । गत अप्रिल ३ मा अहिलेसम्मकै बढी १३ हजार १८ मेगावाट विद्युत खपत भएको समाचारमा जनाइएको छ । बंगालादेशले नेपालसँग विद्युत खरिद गर्न इच्छा देखाए पनि प्रसारण संरचनाकाे समस्याका कारण अहिलेसम्म पठाउन सकिएकाे छैन ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit