विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको ‘टिम’मै बसेर आफूले काम गर्ने बताएका छन् । प्राधिकरण पूर्वकार्यकारी निर्देशकसमेत रहेका घिसिङ नयाँ सरकारमा मन्त्रीको जिम्मेवारीमा आएपछि धेरैले ‘शाक्य’ले उनीसँग बसेर काम गर्न नसक्ने तर्क गरिरहँदा यस्तो बताएका हुन् ।

घिसिङ मन्त्री भएर आएपछि धेरैले ‘शाक्य’ले मिलेर काम गर्न नसक्ने टिप्पणी गरेका छन् भने अर्का थरीले उनले तुरुन्त राजीनामा दिनुपर्ने तर्क गरेका छन् । त्यस्ता कुनै पनि हल्लाका पछाडि नलागी आफूले मन्त्रीलाई पूर्ण सहयोग गर्ने गरी काम गर्ने उनको भनाइ छ ।

शाक्यले बुधबार कोरियाबाट ऊर्जा खबरसँग कुरा गर्दै भने, ‘मन्त्रीज्यूको पदबहालीका क्रममा म नेपालबाहिर भएको हुँदा उपस्थित हुन सकिनँ । शुक्रबारसम्म फर्किन्छु र उहाँको टिममै बसेर मलाई काम गर्न रुचि छ ।’

अहिलेसम्म बाहिर कुनै निजी क्षेत्रमा काम गर्ने सोच नबनाएको हुँदा प्राधिकरणभित्रै रहेर योगदान पुर्‍याउन आफू इच्छुक रहेको उनले बताए । ‘यो ६० वर्षको उमेरमा बाहिर जागिर खाने मेरो सोच नै छैन, म मन्त्रीज्यूलाई सफल बनाउने दिशामै काम गर्न चाहन्छु,’ उनले भने, ‘हिजो कार्यकारी निर्देशक हुँदा पनि उहाँले नै मलाई एनइए इन्जिनियरिङ कम्पनीको जिम्मेवारीमा पठाउनु भएको हो, त्यस संस्थाको जग मैले नै बसालेको हुँ । यसमा उहाँको पूर्ण साथ थियो ।’

६ महिनाका लागि अन्तरिम सरकार बनेको हुँदा चुनाव गराउनुपर्ने मुख्य जिम्मेवारी उहाँमा रहेको तर यसो भन्दै विद्युत् विकासको क्षेत्र रोकिन नहुने शाक्यको भनाइ छ । घिसिङ कार्यकारी निर्देशकको भूमिकामा हिजो प्राधिकरणमा रहँदा धेरै राम्रा काम गरेको र अहिले मन्त्रीको भूमिका आएकोले यो क्षेत्रले अझ गति लिने उनको विश्वास छ ।

‘म लाग्छु, उहाँको नेतृत्वमा ६ महिनामै पनि धेरै काम गर्न सकिन्छ जस्तो लाग्छ, उहाँ आफैँलाई प्राधिकरणको इतिवृत्तान्त थाहा छ,’ उनले जोड दिए, ‘अवस्था हिजोको जस्तो छैन, प्रतिकुल समयमा यो क्षेत्रमा अझ धेरै काम गर्ने चुनौती छ ।’ नेपाल आउना साथ मन्त्रीसँग भेटेर आफूसँगको योजना पेश गर्ने र त्यही अनुसार अगाडि बढ्ने उनले बताए ।

शाक्यले मंगलबार सामाजिक सञ्जाल (फेसबुक) मार्फत मन्त्री घिसिङलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । घिसिङको नेतृत्व र शाक्यको ज्ञानको सही संयोजन हुन सक्यो भने ऊर्जा क्षेत्रमा ६ महिनामै धेरै राम्रो नतिजा देखिने धेरैको विश्लेषण छ । मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।

यो पनि पढ्नुहाेस् : 

१.  दुई इन्जिनियरबीचको हार्दिकता : प्राधिकरणका कार्यकारी निर्देशकद्वारा नवनियुक्त ऊर्जा मन्त्रीलाई सफलताको कामना 

२.  ‘उज्यालो नेपाल अभियानलाई कार्यान्वयनतर्फ अगाडि बढाइने छ’

३.  इन्जिनियरबाट उदाएका कुलमान घिसिङ ऊर्जा मन्त्रीको उचाइसम्म

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३