विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ताप्लेजुङ जिल्लाको फक्तालुङ तथा मिक्वाखोला गाउँपालिका र फुङलिङ नगरपालिकामा निर्माण भइरहेको ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनाको ३.३७ किलोमिटरको मुख्य सुरुङ छेडिएको (ब्रेक थ्रु) छ । २०७५ साल फागुन २५ गते सिभिल निर्माण सुरु भएको आयोजनाको सुरुङको काम असार ३१ गते शुक्रबार सकिएको हो ।

आयोजनामा मुख्य सिभिल चच्याङ फस्ट हाइड्रो तथा पावर कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड, इलेक्ट्रो मेकानिकल सि.डब्लु.टी.डब्लु., हाइड्रो मेकानिकल माछापुछे« मेटल तथा मेसिनरी वर्क प्रा.लि. र प्रसारण लाइनको काम कस्मिक इलेक्ट्रिकल एण्ड इन्जिनियरिङ प्रा.लि.ले गरिरहेका छन् ।

आयोजनाबाट उत्पादित विद्युत २२० के.भी.को प्रसारण लाइनमार्फत थुम्बाबेँसी स्थित विद्युतगृहको स्विचयार्डबाट नेपाल विद्युत प्रधिकरणले निर्माण गरिरहेको ढुङ्गेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ । हालसम्म आयोजनको ७० प्रतिशतभन्दा बढी निर्माण पूरा भएको कम्पनीले भएको आयोजनाका आवासीय इन्जिनियर डा. सुनिलकुमार लामाले जानकारी दिए ।

आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाइमा ८ वटा बैंकहरूको ऋण लगानी रहेको छ । यस्तै, आयोजनाको डिजाइन तथा सुपरिवेक्षणको काम परामर्शदाता कम्पनी सानिमा हाइडो एण्ड इन्जिनियरिङ प्रा.लि.ले गरिरहेको छ । आयोजनाबाट जुलाई २०२३ भित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit