विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ २३, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ५.८७५ मेगावाटको माथिल्लो जुनबेसी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ जुनबेसीमा निर्माण गरिने आयोजनामा दुई वटा बैंकले ऋण लगानी गर्ने गरी मंगलबार (२०८१ माघ २२ गते) वित्तीय व्यवस्थापन पूरा गरिएको हो । 

गोर्खाज हिमालयन हाइड्रो लिमिटेडले प्रवर्द्धन गर्न लागेको आयोजनामा सहवित्तीयकरण ऋण लगानीको नेतृत्वकर्ता सानिमा बैंक लिमिटेडले ६५ करोड रुपैयाँ र मुक्तिनाथ विकास बैंकले २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको प्रवर्द्धक कम्पनीका प्रबन्ध सञ्चालक डा. सन्तोष भट्टराईले जानकारी दिए । 

उनका अनुसार आयोजनाको कूल लागत अनुमान १ अर्ब २९ करोड रुपैयाँ रहेको छ । यस मध्ये ७० प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ ऋण र ३० प्रतिशतले हुन आउने ३९ करोड रुपैयाँ प्रवर्द्धकको स्वपुँजी लगानीबाट जुटाइने छ । विद्युत्को उच्च माग हुने समय (पिक आवर) मा दैनिक १ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने गरी आयोजनालाई आंशिक जलाशय (पिआरओआर) को रूपमा निर्माण गर्न लागिएको छ । 

‘अब आयोजना निर्माणमा लान आवश्यक सबै तयारी करिब पूरा भएको छ,’ प्रबन्ध सञ्चालक डा. भट्टराईले भने, ‘आउँदो फगुन १ गतेदेखि निर्माण सुरु गरेर २१ महिना (२०८३ साल कात्तिक) भित्र पूरा गरी आयोजनाबाट बत्ती बाल्ने हाम्रो लक्ष्य छ ।’ आयोजना निर्माणस्थलमा जान आवश्यक पहुँचमार्ग, आवासलगायतका संरचनाको निर्माण सकिएको उनले बताए ।  

उनका अनुसार आयोजनाबाट वर्षायाममा २३.५३२ गिगावाट घण्टा र हिउँदमा ११.५२६ गिगावाट घन्टा गरी वार्षिक कूल ३५.०५९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) अनुसार आयोजनाले उत्पादन गर्ने बिजुलीको मूल्य वर्षायामका ६ महिना ४.८० रुपैयाँ र हिउँदका ६ महिना ८.४० रुपैयाँ प्रतियुनिट रहने छ ।  

उत्पादित बिजुली आयोजनाले ३३ केभी ८ किलोमिटर लामो लाइन निर्माण गरी सोलुखुम्बुस्थित १३२ केभी तिङ्ला सबस्टेशनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउने छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३