विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले कर घटाएपछि विद्युतीय सवारीको आयात बढेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारीमा अन्तशुल्क खारेज र कर घटाएपछि माग बढ्दा आयात पनि बढ्न गएकाे हाे । 

भन्सार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा २७ सय २१ वटा विद्युतीय सवारी आयात भएका छन् । आयात भएका सवारीमध्ये २ हजार ८८ वटा ३ पाङग्रे (सफा टेम्पो, विद्युतीय रिक्सा) सवारी छन् । 

यस्तै, ६ सय ७३ वटा चार पाङग्रे विद्युतीय सवारी (कार, जिप, भ्यान) आयात भएको विभागले जनाएकाे छ । विभागका अनुसार १ सय ५० देखि २ सय किलोवाट क्षमताका ४ सय ६३ वटा सवारी नेपाल भित्रिएका छन् ।

यसैगरी, १ सय किलोवाटसम्मका २ सय ६० वटा सवारी आयात भइसकेको विभागको तथ्याङकमा उल्लेख छ । नेपालमा अहिले २ पाङ्ग्रे, ३ पाङ्ग्रे र ४ पाङ्ग्रे गरी करिब ४५ हजार  विद्युतीय सवारी सञ्चालनमा छन् । जसमध्ये सबैभन्दा बढी संख्या तराईमा चल्ने ई–रिक्साकाे छ । 

यातायात व्यवस्था विभागको तथ्याङक अनुसार ३६ हजार ६ सय ६७ वटा इ–रिक्सा मात्र दर्ता भई सञ्चालनमा रहेका छन् । नेपालमा हालसम्म करिब ३९ लाख ८७ हजार बढी सवारी सञ्चालनमा छन् । यसकाे तुलनामा विद्युतीय सवारीकाे संख्या न्युन छ । सरकारले पछिल्लाे समय देशमै विद्युत उत्पादन बढ्दै गएकाले खपत बढाउनका लागि तथा प्रदुषण कम गर्ने उद्देश्यले विद्युतीय सवारीकाे प्रवर्द्धन गर्दै आएको छ ।

नेपाल विद्युत प्राधिकरणले पनि आन्तरिक विद्युत खपत बढाउन विद्युतीय सवारी सञ्चालन सहज बनाउन देशभरमा अहिले ५० वटा चार्जिङ स्टेसन निर्माण गरिरहेकाे छ ।निजी क्षेत्रलाई थप ५ सय वटा चार्जिङ स्टेसन निर्माणका लागि आह्वान गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit