विद्युत अपडेट

  • प्राधिकरण : ८२८६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८७२२ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : २४५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४६८९ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १५८१ मे.वा.
२०८० मङ्सिर १३, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १३२ केभी समुन्द्रटार–त्रिशूली डबल सर्किट प्रसारण लाइन अबको एक सातामा सञ्चालनमा आउने भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको संरचना निर्माणको काम सम्पन्न गरी सञ्चालन गर्न लागेको हो । 

२६ किलोमिटर लामो प्रसारण लाइनको निर्माण पूरा भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘प्रसारण लाइनको टावर ठड्याउने र तार तान्ने काम सम्पन्न भयो,’ उनले ऊर्जा खबरसँग भने, ‘जेठ मसान्तभित्र सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’

यो वर्ष कोरोना (कोभिड–१९) महामारीको संक्रमण जोखिम उच्च भई निशेधाज्ञा लागेको समयमा समेत निर्माण प्रभावित हुन नदिई प्रसारण लाइन सम्पन्न गरिएको पनि उनले बताए । यो प्रसारण लाइन आयोजना २०७७ बैशाखदेखि  नै सञ्चालनमा ल्याउने तयारी भए पनि  विविध कारणले निर्माण धकेलिँदा एक वर्ष ढिला गरी सम्पन्न भएको हो । 

गत वर्ष कोरोना महामारीको संक्रमण रोक्न लगाइएको लकडाउन तथा निशेधाज्ञाको असरले लामो समय निर्माण प्रभावित हुँदा प्रसारण लाइनको सञ्चालन तालिका लम्बिएको हो । प्रसारण लाइन निर्माणका क्रममा स्थानीय अवरोधका कारण पनि केही समय काम प्रभावित हुन पुगेको थियो । स्थानीय समस्या समाधान गरेर निर्माण सुचारु गरिएको थियो ।

यो वर्ष भने प्रसारण लाइन आयोजनामा कार्यरत कर्मचारी तथा कामदार संक्रमित हुँदा समेत निर्माण जारी राखिएकाले सम्पन्न गर्न सम्भव भएको प्राधिकरणले जनाएको छ । यस्तै, प्रसारण लाइन अन्तर्गतको समुन्द्रटार सबस्टेसन निर्माण पूरा भएको छ । प्राधिकरणले त्रिशूली रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न सन् २०१६ देखि यो प्रसारण लाइनको काम सुरु गरिएको थियो ।

चीनको इटिइआरएन सिसिसिई एफइपिइसी जेभीले प्रसारण लाइनको संरचना निर्माण गरेको हो । प्रसारण लाइन पूरा गर्दा १ अर्ब ५१ करोड रुपैयाँ खर्च भएको अनुमान छ ।

यो प्रसारण लाइन सञ्चालनमा आउँदा करिब २ सय ७० मेगावाट हाराहारीमा विद्युत प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ । यो प्रसारण लाइनमा जोडिने गरी अहिले ३५.३ मेगावाटका ७ जलविद्युत आयोजना निर्माणाधीन छन् ।

प्रसारण लाइन सञ्चालनमा आएपछि निर्माण पूरा भएको ५ मेगावाटको आँधीशक्ति जलविद्युत आयोजनाको विद्युत पनि यही प्रसारण लाइनमा जोडिनेछ । यी आयोजनाको विद्युत त्रिशूली ३ ‘बी’ हब सबस्टेसन हुँदै काठमाडौं आइपुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit