विद्युत अपडेट

  • प्राधिकरण : ८९५६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०२८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६२३० मे.वा.घन्टा
  • आयात : २२५३ मे.वा.घन्टा
  • निर्यात : ६४५८ मे.वा.घन्टा
  • ट्रिपिङ : १५०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५१९६९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८२ मे.वा.
२०८२ असार १, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर (कुल गार्हस्थ उत्पादन वृद्धि दर–जिडिपी ग्रोथ रेट) प्राप्त हुने प्रक्षेपण गरेको छ । कार्यालयले २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क बुधबार सार्वजनिक गर्दै यस्तो अनुमान प्रक्षेपण गरेको हो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत रहने अनुमान गरिएको हो । गत आर्थिक वर्ष ३.९९ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो । 

तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष वर्षभित्र उक्त आर्थिक वृद्धि प्राप्त भएपछि नेपालको अर्थतन्त्रको आकार (कुल गार्हस्थ उत्पादन–जिडिपी) ६१ खर्ब ७ अर्ब रुपैयाँ बराबर पुग्ने अनुमान गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ को अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब बराबर रहेको थियो ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी वृद्धिदर विद्युत् तथा ग्यास क्षेत्रमा देखिने अनुमान गरिएको छ । विद्युत् क्षेत्रमा १३.८२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । 

त्यस्तै, कृषि क्षेत्रको योगद ३.२८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर रहने तथ्यांक कार्यालयको अनुमान छ । उद्योग क्षेत्र ३.७८ प्रतिशत र निर्माण क्षेत्र २.२१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । त्यस्तै, चालु आर्थिक वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष यस्तो आय १ हजार ४६७ अमेरिकी डलर रहने संशोधित अनुमान छ ।

अर्थतन्त्रको वृद्धिमा सुधार देखिन थालेको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३