विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । सिंगटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइनको सिंगल सर्किट लाइन तान्ने काम पूरा भएको छ । तार तान्ने काम पूरा भए पनि विद्युत चार्ज हुन भने अझै एक महिना लाग्ने देखिएको छ ।

प्रसारण लाइन नजिक दायाबाँयाको संरचना लगायत साइड क्लियर गर्न अझै केही प्राविधिक काम बाँकी रहेकाले लाइन चार्ज हुन अझै एक महिना लाग्ने आयोजना प्रमुख राजन ढुङ्गेलले बताए । ‘आयोजनाको सबै टावर उठाएर सिंगल सर्किट तार तान्ने काम पूरा भएको छ, अहिले ओपिजीडब्लू (सबस्टेशनबीच डाटा पठाउने तार) तान्ने काम भइरहेको छ,’ उनले भने, ‘ओपिजीडब्लूको काम पनि दोलखामा सकेर सिन्धुपाल्चोकमा करिब ९ किलोमीटर बाँकी छ ।’

कतिपय टावरहरूमा प्रोटेक्सनको काम गर्न बाँकी रहेको छ भने इन्सुलेसन टेस्टिङ भइरहेको उनको भनाइ छ । केही ठाउँमा लाइन क्लियर गर्ने समस्या रहेकाले जतिसक्दो चाँडो लाइन चार्ज गर्न विद्युत् प्राधिकरण व्यवस्थापनसँग छलफल भइरहेको उनले जानकारी दिए ।

लामोसाँघुको सबस्टेसनमा सिंगल सर्किट प्रसारणका लागि उपकरण जडान कार्य समाप्त भई परीक्षणको क्रममा छ । तर, सिँगटी सबस्टेसनमा भने अहिले १३२ केभीमा जलविद्युत् केन्द्रबाट आएको विद्युत् पठाउन सक्ने संरचना तयार भए पनि ३३ केभीको लाइनबाट आउने विद्युत् भने प्रसारण गर्ने संरचना तयार भइनसकेको ढुंगेलले बताए ।

४० किलोमिटर लामो प्रसारण लाइनमा १२४ वटा टावर उठेका छन् । सिंगल सर्किट पूरा भएकाले प्राविधिक परीक्षण पूरा भएपछि तत्काल विद्युत् प्रसारण गर्न मिल्छ । अधिकांश ठाउँमा डबल सर्किटको काम पनि पूरा भइसकेको छ । बाँकी काम लाइन सिंगल सर्किट चार्ज भए पनि काम गर्न मिल्ने उनले बताए ।

सिंगटी खोला र खानी खोला तथा खारे खोला बेसिनमा निजी क्षेत्रले निर्माण गरेका आयोजनाहरू यही लाइन कुरेर बसेका छन् । प्रसारण लाइन पूरा नहुँदा आयोजना समेत समयमा निर्माण पूरा गर्न सकेका छैनन् । १० मेगावाटको सिप्रिङ, ११ मेगावाटको तल्लो खारे खोला, ५ मेगावाटको घट्टे खोलाको विद्युत खेर गइरहेको छ । २५ मेगावाटको सिंगटी खोलाले पनि आयोजना पूरा सबै प्राविधिक परीक्षण गरेर विद्युत गृह बन्द गरेर बसेको छ । सिंगटी खोलाको आयोजना व्यवस्थापनले प्रसारण लाइन चाँडै पूरा गराउन ४ महिनादेखि सघाउँदै आएको छ ।

प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २ वर्षभित्र प्रसारण लाइन र सिंगटीको सबस्टेशन समेत निर्माण गर्ने रहेको थियो ।

सम्झौता अनुसार सबस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करिब ४२ करोड रुपैयामा अरावलीले ठेक्का लिएको हो । ठेकेदार कम्पनी पहिलो पटक म्याद थप भएपछि सम्पर्क विहीन भयो । अहिले ४० मेगावाटको माथिल्लो खानीखोलाको प्रबद्र्धक ग्रिनलाइफ हाइड्रो पावर कम्पनीले अरावली इन्फ्राको नेपाली प्रतिनिधि बनेर काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit